Comments Add Comment

दुई जुम्ल्याहा दिदीबहिनीको जोडी भिड्ने

२ पुस, काठमाडौं । जुम्ल्याहा दिदी क्याथ्रिन र बहिनी एनी माथेमा तथा अर्का जुम्ल्याहा दिदी मायांका र माहिका राणाको जोडी १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको गर्ल्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा माथेमा जोडीले लक्ष्मी विश्वकर्मा र सपना राईको जोडीलाई ६-० र ६-० तथा राणा जोडीले इरा राउत र अभिलाषा विष्टको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गर्दै फाइनल भेट पक्का गरे ।

सोही स्पर्धाको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडीले प्रनव खनाल र रेन्जन लामालाई ५-७, ६-१ र १२-१० तथा प्रशान्त बस्नेत र दिपेश खत्रीको जोडीले सम्यकभूषण वज्राचार्य र विवेक श्रेष्ठको जोडीलाई ६-४ र ७-६ ले हराउदै फाइनलमा स्थान पक्का गरे ।

यु-९ गर्ल्स सिंगल्समा रायना शाहले इशाश्री शाहलाई ८-२ तथा अजा रेग्मीले लुमु छो शेर्पालाई ८-४ ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे ।

मन-जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु-१२ गर्ल्स सिंगल्समा अभिलाषा विष्टले सइशा जोशीलाई ६-१ र ६-२ ले निराश पार्दै फाइनलमा प्रवेश गरिन् ।

यु-१४ ब्वाइज सिंगल्समा प्रशान्त बस्नेतले प्रनव खनाललाई ४-६, ६-४ र ६-१, रेन्जन लामाले सौरभ पाण्डेलाई ६-१ र ६-१, दीपेश खत्रीले आर्जन ढुंगेललाई ६-१ र ६-२ तथा संरक्षकभूषण वज्राचार्यले अरुण धिताललाई ६-० र ६-० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

सोही स्पर्धाको गर्ल्समा राधा भुजेलले स्लेशा प्रधानलाई ६-१ र ६-१, खुशी पाण्डेले लक्ष्मी विश्वकर्मालाई ६-१ र ६-०, क्याथि्रन माथेमाले स्वस्तिका गुरुङलाई ६-१ र ६-० तथा एशिका अग्रवालले ध्रुव शेर्पालाई ६-२ र ६-२ को सीधा सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु-१० ब्वाइज सिंगल्समा आदित सुवेदी, अकी जुवेन राउत, आदित्य सुवेदी र आर्यन गिरी सेमिफाइनलमा पुगेका छन् । त्यसै स्पर्धाको गल्र्समा सलोनी तामाङ, मानवी शाह, इशाश्री शाह र रायना शाह सेमिफाइनलमा पुगे ।

यु-१२ ब्वाइज सिंगल्समा सम्यकभूषण वज्राचार्य, प्रमोद बुढाथोकी, छविलाल राउत र सुलभ धिताल प्रतिद्वन्द्वी विरुद्ध जित निकाल्दै सेमिफाइनलमा पुगे । यु-९ ब्वाइज सिंगल्समा रनव सिंह, आरवसम्राट हाडा, आदित्य सुवेदी र अकी जुवेन राउतले सेमिफाइनल यात्रा तय गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment