Comments Add Comment

लिभरपुल क्यापिटल वान कपको सेमिफाइनलमा

Raheem Sterling

३ पुस, काठमाडौं । रहिम स्टर्लिङको दुई गोलको मदतमा बोर्नमाउथलाई हराउँदै लिभरपुल क्यापिटल वान कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले च्याम्पियनसिप लिडर बोर्नमाउथलाई ३–१ ले पराजित ग¥यो । अब सेमिफाइनलमा चेल्सीसँग खेल्नेछ ।

बोर्नमाउथको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २० औं मिनेटमा स्टर्लिङको गोलबाट अग्रता लियो । २७ औं मिनेटमा मार्कोभिकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २–० ले अगाडि रह्यो ।

५१ औं मिनेटमा लिभरपुलका स्टलिङले व्यक्तिगत दोस्रो गोल गरे । ५७ औं मिनेटमा बोर्नमाउथका गोस्लिङले गोल गरेपछि टोलीको हार टार्न सकेनन् ।

अर्को खेलमा टोटनह्यामले न्यूक्सयाललाई ४–० ले पराजित गरेको छ । फाइनल प्रवेशका लागि टोटनह्यामले शेफिल्ड युनाइटेडसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment