Comments Add Comment

नक्कली पासपोर्ट भएका सिरियालीलाई युरोप पठाउन काठमाडौं ट्रान्जिट

Europe_countries
३ पुस, काठमाडौं । नक्कली राहदानीमा द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकलाई नेपाल हुँदै युरोप छिराउने मानवतस्करी रोकिएको छैन् । काठमाडौंलाई ‘ट्रान्जिट’ बनाउँद्यै आएका तस्करले रिरियालीलाई युरोप लैजाने रुट भने परिवर्तन गरेका छन् ।
यसअघि सिरिया-टर्की-काठमाडौं हुँदै युरोप छिराउने गरेकामा पुरानो रुटमा समस्या आएपछि उनीहरुले नेपाल आउने नयाँ रुट प्रयोग गर्न थालेको नागरिकमा खबर छ ।
नयाँ रुट हो टर्की-कतार-काठमाडौं-युरोप । टर्कीले इस्तानबुलस्थित विमानस्थलमा कडाइ गरेपछि तस्करले नयाँ रुट अपनाएको देखिन्छ ।
‘नक्कली राहदानीमा युरोप जान हिँडेका सिरियालीले नेपाल आउने रुट बदलेका छन् । पहिले उनीहरु टर्की गई त्यहाँबाट सिधै काठमाडौं आउँथे, अहिले कतार र अन्य खाडी राष्ट्रको विमानस्थलबाट नेपाल आउने गरेको पाइएको छ,’ अध्यागमन विमागका महानिर्देशक सुर्दशन ढकालले भने, ‘टर्कीको राजधानी इस्तानबुलमा टर्किज एयरलाइन्सले कडाइ गरेपछि उनीहरुले रुट फेरेका हुन् ।’

टर्किज एयरलाइन्सले इस्तानबुलबाट सिधै काठमाडौं उडान भर्छ। यसैको फाइदा उठाउँदै मानवतस्करहरुले सिरियालीलाई नक्कली राहदानीमा युरोप पठाउन काठमाडौंलाई ट्रान्जिट बनाउँदै आएका छन्। अध्यागमनको अनुरोधपछि टर्किजले इस्तानबुलमा सिरियाली नागरिकमाथि कडाइ गरिरहेको छ।
‘टर्किज एयरलाइन्सले कडाइ गरेपछि नेपाल आउने सिरियाली अरेबियन राष्ट्र हुँदै आउने गरेका छन्,’ ढकालले भने।
केही महिनायता २५ सिरियाली नक्कली राहदानीमा युरोप जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। फाडिया अज्जा, फौआद इजेस, बिबार्स इस्माइल, फयज अलहिलु, बसाल अलअहमदलगायत सिरियाली नागरिक कतार हुँदै काठमाडौं आउँदा पक्राउ परेका हुन्। सिरियालीहरु युरोप जान एक्लाएक्लै मात्र होइन, परिवारै समेत एकसाथ आउने गरेको पाइएको छ। एकै परिवारका चार सदस्य विमानस्थलमा पक्राउ पर्नु यसैको प्रमाण हो।
महानिर्देशक ढकालका अनुसार नक्कली राहदानीमा पक्राउ परेका सिरियाली अधिकांशले युरोपको जर्मनी, बेलायत र बेल्जियम जान हिँडेको बयान दिएका छन्। आफूलाई शरणार्थी बताउने उनीहरु द्वन्द्व चर्केकाले सिरिया बस्न नसकेर युरोपमा शरण लिन हिँडेको बताउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment