Comments Add Comment

ट्रक व्यवसायीको आलोपालोले उपभोग्य वस्तुको भाउ बढ्यो

Truck-Dhankuta३ पुस, काठमाडौं । ट्रक ब्यवसायमा लागू गरिएको सिन्टिकेट (आलोपालो) प्रणालीका कारण दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक सामान, निर्माण सामग्री लगायत ढुवानी प्रयोग गर्न ट्रक प्रयोग गरिन्छ ।

सिण्डिकेटका कारण चाहेका बेला ट्रक नपाउने समस्या छ भने उनीहरुले भाडादर पनि तोकेका छन् । यसैकारण देशब्यापी रुपमा ढुवानी बढेको छ । त्यसको प्रत्यक्ष असर औद्योगिक निर्माण र दैनिक उपभोग्य वस्तुमा परेको अन्नपूर्ण पोष्टमा खबर छ ।

उपभोक्ता महंगीको मारमा परेका छन् । सरकारी बेवस्ताका कारण गैरकानूनी रुपमा ट्रक ब्यवसायीले सिण्डिकेट लागू गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता नरेश श्रेष्ठले यो प्रणाली तुरुन्त खारेज गर्न सरकारसँग माग गरे । ट्रक अभावमा उत्पादन भएका सामान बजारमा पठाउँन नसकक्दा उद्योग उत्पादनमा कटौती गर्न बाध्य भएका छन् । नेपाल ट्रक ब्यवसायी महासंघ र ढुवानी ब्यवसायी महासंघ नेपालले प्रत्येक सवारी साधनले पाँच दिनमा एक ट्रिपको आधारमा प्रत्येक महिनामा बढीमा ६ टि्रप मात्रै लोड गर्न पाइने गरी सिण्डिकेट लागू गरेका छन् । ढुवानी ब्यवस्थापनका नाममा मंसिर १४ देखि सिण्डिकेट प्रणाली लागू गरिएको छ । यसअनुसार लोडिङ् कार्ड लिएर मात्रै ट्रकले ढुवानी गर्न पाउँछन् । प्रतिष्पर्धात्मक रुपमा काम गर्न पाउँदैनन् ।

देशको कानूनले निषेध गरेको तथा सर्वोच्च अदालतले समेत खारेज गर्न आदेश दिएको सिण्डिकेट प्रथा कायम गर्दा त्यसको नकारात्मक असर देशब्यापी रुपमा देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment