Comments Add Comment

मेस्सीलाई पछि पार्दै डि मारिया बने उत्कृष्ट अर्जेन्टिनी फुटबलर

Angel di Maria was voted the best foreign-based Argentina player in 2014 by journalists

३ पुस, काठमाडौं । स्टार स्ट्राइकर लिओनल मेस्सीलाई पछि पार्दै विंगर एन्जल डि मारिया अर्जेन्टिना प्लेयर अफ दि इयर घोषित भएका छन् ।

अर्जेन्टिनी खेल पत्रकारहरुको मतका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिएको थियो । सन् २००६ देखि मेस्सीले यो अवार्ड जित्दै आएका थिए ।

यो पटक भने बार्सिलोनाका मेस्सीलाई पछि पार्दै म्यानचेष्टर युनाइटेडका डि मारियाले देश बाहिर खेल्ने अर्जेन्टिनी उत्कृष्ट फुटबलर बनेका छन् ।

स्ट्राइकर लुकास पराटो अर्जेन्टिनी लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।

सन् १९७० बाट सुरु भएको यो अवार्ड २००५ बाट घरेलु लिग र देश बाहिर खेल्ने अर्जेन्टिनी खेलाडी गरी दुई जनालाई दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment