Comments Add Comment

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमालेको विवाद मिलेको, राष्ट्रपति रामवरण यादवले एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई भेटेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले उपराष्ट्रपतिकी श्रीमतीलाई सरकारले साढे नौ लाख दिएको, अब घुमुवा प्रहरी हटाइने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले सहमति हुन नसके दुई तिहाइबाट संविधान बनाउने, १५ सचिवका लागि ३९ छानिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले न्यायाधीशमाथि छानबिन सुरु भएको, मसानको पूजा गर्दा ५१ तोला सुन गायव भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले युरोप छिराउन काठमाडौंलाई नयाँ ट्रान्जिट बनाइएको, पाकिस्तानमा एक-एक गरी कोपिला चुँडेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment