Comments Add Comment

विदेशमा सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउँछुः सुशील कोइराला

susil-koirala

३ पुस, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विदेशमा गएर काम गर्ने नेपालीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । विश्व आप्रवासन दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले भने-‘नेपाली नागरिक पुगेका गन्तव्य मुलुकमा ती देशको कानुन र अन्तर्राष्ट्रिय श्रम कानुनले निर्धारित गरेका सुरक्षित रुपमा काम गर्ने वातावरण, न्यूनतम पारिश्रमिक, समान कामका लागि समान पारिश्रमिक जस्ता सुविधाबाट कोही पनि वञ्चित नहुने वातावरण तयार पार्न सरकार प्रयत्नशील छ ।’

कोइरालाले सशस्त्र द्वन्द्वका बेलामा पनि मुलुकको आर्थिक अवस्थालाई बिग्रनबाट जोगाउने कामका लागि बाहिरिएका नेपाली दिदीबहिनी तथा दाजुभाइले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई सबल राख्न महत्वपूर्ण योगदान गरेको बताए ।

कोइरालाले सन्देशमा भनेका छन्-‘हालै काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनमा पनि कामका लागि विदेशिएका नागरिकको हकहित, सेवा र सुरक्षाका विषयलाई प्राथमिकता दिँदै काठमाडौँ घोषणापत्रमा दक्षिण एसियाली राष्ट्रका राष्ट्र एवम् सरकार प्रमुखबाट साझा प्रतिबद्धता जनाइएको छ, यसलाई अझ व्यापक गरी गन्तव्य मुलुकबाटै सहज रुपमा कार्यान्वयन हुने अवस्था सिर्जना गर्न आवश्यक देखिएको छ ।’

विभिन्न कार्यक्रम गरी आप्रवासन दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घको महासभालाई सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं ५५/९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिनको सम्झनामा विश्वभर आप्रवासन दिवस मनाइँदैछ ।
प्रत्येक वर्ष १८ डिसेम्बरलाई विश्व आप्रवासन दिवसको रुपमा मनाइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment