Comments Add Comment

मुसा मार्नुस्, पुरस्कारमा मोबाइल लैजानुस्

mouse
विभिन्न कम्पनीहरुले आफ्ना सामान बिकाउनका लागि उपभोक्तालाई लोभ्याउन अनेक खाले अफर ल्याउने गरेको त हामीले देखे भोगेकै कुरा हो । कहिलेकाहीँ यस्ता स्किममा भाग लिँदा पुरस्कार पाइयो भने त मज्जै लाग्छ पनि । मानिसहरु जब गुलिया कुरा पत्ताएर यस्ता अफरका पछि दौडिन थाल्छन् तब कम्पनीहरुले पनि नयाँ नयाँ उटपट्याङ अफर ल्याउन थाल्छन् । दक्षिण अपि|mकाको एक च्यारिटी संस्थाले पनि यस्तै अनौठो खालको अफरको घोषणा गरेको छ ।
उक्त च्यारिटी संस्थाले ुमुसा मार, मोबाइल लैजाउु भन्ने नारा सहितको अफर ल्याएको हो । जस अनुसार ६० वटा मुसा मारेको खण्डमा एउटा मोबाइल फोन पुरस्कारको रुपमा पाइनेछ ।
मुसा आतंकबाट प्रभावित दक्षिण अपि|mकाको अलेक्जान्द्रा सहरमा यस्तो अफर लागु भएको हो । नेल्सन मण्डेलाको गृह क्षेत्रको रुपमा रहेको जोहानेसवर्गको बाहिरी क्षेत्रमा पर्ने अलेक्जान्द्राका बासिन्दाले अब ६० वटा मुसा मारे बापत एउटा मोबाइल फोन पाउनेछन् ।
निकै अस्तव्यस्त तथा फोहोरमैला युक्त वस्ती रहेको अलेक्जान्द्रामा फोहोरकै कारण मुसाको संख्या निकै मौलाएको छ । त्यहाँ मुसाको आतंक यति धेरै छ की रातमा सुतेको बेला बालबालिकाको औँला समेत मुसाले टोकिदिने गरेको छ ।
मुसा नियन्त्रणका लागि सरकारले गाउँलेहरुलाई मुसा मार्ने मुसेरी वितरण गरेको तथा फोन कम्पनी एटटाले मुसा समाउने स्वयंसेवी खटाएको छ । तर यसले समेत मुसा नियन्त्रण हुन नसकेपछि लाइफलाइन नामक एक च्यारिटी संस्थाले ुमुसा मार, मोबाइल लैजाउु नामक अफर ल्याएको हो ।
मोबाइल फोन कम्पनी एटटाको आर्थिक सहयोग पाइरहेको उक्त च्यारिटी संस्थाले सोही कम्पनीकै मोबाइल फोनलाई पुरस्कारको रुपमा दिने बताइएको छ ।
गएको नोभेम्बरको तेश्रो हप्ताबाट सुरु भएको यो अफरमा अहिलेसम्म केहीले ६० वटा मुसा मारेर मोबाइल पुरस्कार लगिसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment