Comments Add Comment

हङकङको इन्द्र बराह ज्वलेरी सहारा साँझबाट १६ लाख बचत

hongkong-saharaहङकङ । सहारा क्लब हङकङ द्धारा कठिन एवं विपन्न बालकहरुको सहयोगार्थ आयोजीत दोस्रो इन्द्र बराह ज्वलेरी साहरा साझ हङकङ नामक संागीतिक कार्यक्रमबाट १६ लाख ४९ हजार ४ सय ७९९ (हङकङ डलर १,२६,८८३ ) बचत भएको छ ।

क्लबले एक कार्यक्रम गरी आयव्यय सार्वजनिक गदै कार्यक्रमबाट ४० लाख ३० हजार ३ सय ९० (हङकङ डलर ३१,००३०) आम्दानी र २३ लाख ८० हजार ९ सय४७  (हङकङ डलर १८,३,१४७ ) खर्च भएको क्लबका अध्यक्ष दिपक गुरुङले जानकारी दिए । महासचिव विल तामाङले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रेनुका गुरुङले स्वागत मन्तव्य दिदै कोषाध्यक्ष सुुमित्रा गुरुङले आय व्यय सार्वजनिक गरेकी थिइन ।

कार्यक्रममा मुख्य प्रायोजक इन्द्र बराह ज्वलेरीका शिव लामिछानेले कठिन परिस्थितिका बालकहरुका लागी कार्यक्रम मार्फत सहयोग गर्न पाउदा हर्ष लागेको बताए । सहप्रायोजक कानुन व्यवसायी देव गुरुङ, स्याङजा जनसम्पर्क समितिका अध्यक्ष कोमल गुरुङ (स्याङजाली कान्छा ),  माष्टर गणेश गुरुङ, हङकङ तामाङ घेदुङ संघका अध्यक्ष प्रेम लामा लगायतले कार्यक्रममा सहयोग गरेका थिए । कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको भन्दै आगामी वर्षहरुमा कार्यक्रमलाई थप सुधार गदै लैजाने आयोजकले जानकारी दिएका छन् ।

सहारा साँझ २०१४ का लागी चर्चित गायक गायिका अञ्जु पन्त, यश कुमार, राष्ट्रिय भलिबल खेलाडी तथा नायिका सिपोरा गुरुङ, गायक शिव लामिछाने, लोकगायिका इन्द्रमाया गुरुङ, लोकगायक देव गुरुङ, वफिन्स ९८ का संजीव गुरुङ र उदघोषक दिपेन्द्र श्रेष्ठले कार्यक्रमको माहौललाई तताएका थिए । त्यही कार्यक्रममा गाउन पुगेकी गायिका पन्तले सहारा एकेडेमीका बालकहरुको सहयोगका लागी १ लाख रुपैया र यशकुमारले ५० हजार रुपैया सहयोग हस्तान्तरण गरे ।

कठिन परिस्थितिबाट गुजि्रएका बालकहरुको सहयोगका लागी आयोजीत कार्यक्रममा अघिल्लो वर्ष १० लाख रुपैया सहारा हङकङले १० लाख रुपैया एकेडेमीको सहयोगका लागी हस्तान्तरण गरेको थियो । कार्यक्रममा २० लाख रुपैया संकलन भएको थियो । यसवर्ष पनि संकलन भएको रकम एकेडेमीलाई हस्तान्तरण गरिने सहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।

पोखरा १७, दोविल्लामा २६ रोपनी जमिनमा २ करोडको लागतमा निर्मीत सहारा एकेडेमी संचालनमा आएको कठिन परिस्थिति एवं विपन्न वर्गका वालकहरु सम्मिलित सहारा एकेडेमीमा हाल १२ जिल्लाका २२ जना वालकहरु रहेका छन । क्लवले उक्त एकेडेमीमा ३० जना वालकहरु पुराउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment