Comments Add Comment

ऋचालाई नाटक खेल्न उक्साउँदै सौगात र दयाहाङ

richa-sharma
काठमाडौं । थिएटरमा काम गर्ने कलाकारको रजतपटमा प्रभाव बढिरहेको छ । सौगात मल्ल, दयाहाङ राई, दिया मास्के लगायत पछिल्लो समय चर्चामा आएका धेरै कलाकार थिएटरवाटै आएका हुन् ।
अन्य कलाकारको तुलनामा थिएटरवाट आएकाले जीबन्त अभिनय गर्छन् भन्ने मान्यता स्थापित हुँदै गएको छ । त्यसो त थिएटर आफैंमा त्यस्तो स्थान हो जहाँ कलाकारले केबल आफ्नो कला प्रस्तुत गर्दैन, आफैंले पनि केही सिक्ने अवसर पाउँछ ।
रंगमञ्चको यो आधार र क्रेजबारे राम्रै जानकार छिन यतिबेलाकी चल्तीकी नायिका ऋचा शर्मा पनि । तर, आजसम्म उनले थिएटरमा अभिनय भने गरेकी छैनन् ।
‘अहिलेसम्म त म दर्शक मात्रै हुँ । नाटक हेरेकी छु अभिनय गर्ने मौका पाएकी छैन ।’ अनलाइनखबरसंग कुरा गर्दै ऋचाले भनिन् ‘थिएटरमा काम गर्न आतुर छु ।’
यो विचमा उनलाई दुइटा नाटकवाट कामका लागि प्रस्ताब आएको थियो । समय अभावको कारण काम नगरेको बताइन् ।
समकक्षी नायक सौगात मल्ल र दयाहाङ राइले भने नाटक खेल्न उक्साइ रहेका छन् उनलाई । ‘सौगात दाइले जहिले भन्नु हुन्छ, राम्रो नाटक खेल्नुपर्छ ।’ उनले भनिन्-‘तर, अहिलेसम्म मौका मिलेको छैन् ।’
कोर्ट मार्शलवाट प्रभावित
ऋचा आफैंले अभिनय गरेका चलचित्रवाट प्रभावित नभएको हुन सक्छिन् तर, अनुप बराल निर्देशित नाटक ‘कोटमार्शल’ वाट असाध्यै प्रभावित छिन् ।
नाटक आफैंमा त्यस्तो विधा हो । जहाँ तुरुन्तै काम गर्नुपर्ने हुन्छ र दर्शकले पनि तत्काल प्रतिक्रिया जनाउन पाउँछन् । नाटकमा काम गर्ने कलाकारले अलर्ट बस्नुपरेको अनुभव गरेकी ऋचालाई लाग्छ- ‘अभिनयको वास्तविक स्वाद तिनले अनुभव गर्छन्, जो अभिनयका लागि अलर्ट बसेका हुन्छन् ।’
स्कुल पढ्दा भने हरेक वर्ष हुने ‘प्यारेन्स डे’ मा हुने कार्यक्रममा नाटकमा हिरोइनको भुमिका निर्वाह गर्थिन ऋचा । कतिपटक त अभिनय गरेवापत पहिलो भएर पुरस्कार पनि लिएर आएकी थिइन ।
उच्च शिक्षा अध्ययनका लागि जर्मनी गएपछि भने उनि नाटकको अम्मली बनिन् । ऋचा भन्छिन ‘जर्मनमा हुँदा मैले धेरै नाटक हेरें पेरिसमा त नाटक हेर्ने गज्जबको कल्चर छ ।’
फिल्मको सट्टा नाटक
नेपालमा नाटकको प्रभाव पर्दै बढ्दै गएको अनुभव गरेकी छिन् उनले । कतिपय दर्शक फिल्म चित्त नबुझेर नाटक हेर्न गएको पनि भेटेकी छिन् । ‘मेरै कति नातेदार छन् फिल्म राम्रो लागेन भने नाटक हेरौं भन्छन ।’
नाटकप्रति सर्वसाधारणको झुकाव बढेको महसुस गरेकी छिन उनले । काठमाडौमा फिल्म बाहेक मनोरञ्जन लिने अन्य साधन नभएकाले पनि नाटकको भविष्य राम्रो भएजस्तो लाग्छ उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment