Comments Add Comment

डेनमार्क पुगेर देउबाले भने–बहुमतीय प्रणालीबाट भए पनि संविधान बन्छ

deuba denmarkडेनमार्क । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति नभए बहुमतीय प्रणालीबाट भए पनि संविधान बन्ने बताएका छन् । अघिल्लो संविधानसभाले सहमतिमा संविधान बनाउन नसकेको कारण नै दोश्रो पटक चुनाव गर्नु परेको बताउँदै देउवाले सकेसम्म सहमतिमा नै सविधान बन्ने तर अन्तिम प्रयास पनि सफल हुन नसके बहुमतीय प्रणालीमा गएर भए पनि संविधान बन्ने दावी गरे ।

डेनमार्कका नेपालीहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले तोकिएको समयभित्रै संविधान बन्ने दावी गर्दै ढुक्क हुन डेनमार्कमा रहेका नेपालीहरूलार्इ आग्रह गरे । समाजवादी पार्टीहरुको संस्था सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष समेत रहेका देउवा सोही संस्थाको कार्यक्रममा भाग लिन स्विजरल्याण्डको जेनेभा आएकोबेला डेनमार्क आएका हुन ।  जनसम्पर्क समिति डेनमार्कको आग्रहमा डेनमार्कमा बस्ने नेपालीहरुसँग भेटघाट र अन्तरक्रिया गर्नको लागि नेता देउवा डेनमार्क आएको जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष रामचन्द्र पाठकले बताए ।

जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको कार्यक्रममा सहभागी भएर डेनमार्कमा बस्ने नेपालीहरुसँग प्रत्यक्ष साक्षात्कार गरेका हुन् । जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डेनमार्कमा बस्ने नेपालीहरुले नेपालमा अब बन्न लागेको संविधानका बारेमा जिज्ञासा राखेका थिए ।

डेनमार्कमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाहरुका अध्यक्षहरु समेत सहभागी कार्यक्रममा सबैले आ-आफना धारणा राखे । अन्तरक्रिया कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष रामचन्द्र पाठक, एनडीएफ डेनमार्कका अध्यक्ष कृष्ण पौडेल, जनप्रगतिशील डेनमार्कका अध्यक्ष गणेश ढकाल, एनआरएन अध्यक्ष दीपक सापकोटा लगायतले नेता देउवासँग अन्तरक्रिया गरी डेनमार्कमा रहेका नेपालीहरुकोबारेमा तथा बन्दै गरेको संविधान र डेनमार्कबाट नेपाल लगानी भित्र्याउने विषयमा आ-आफना धारणा राखेका थिए ।

यसैगरी अन्तरक्रिया कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदुत मुक्तिनाथ भट्टले यहाँ रहेका नेपालीहरुको आवाजलाइ ड्राफ्ट बनाइ पराराष्ट्र मन्त्रालय मार्फत नेपाल पुर्याउने बताए । यसैगरी एनआरएनले पनि छुट्टै कार्यक्रमको आयोजना गरी नेपालमा पर्यटनको विकासमा एन आर एनले लिन सक्ने पहलको विषयमा पनि छलफल गरेको छ । छलफलमा देउवाले आफुले नेपाल फर्केपछि गर्न सक्ने पहल गर्ने बताए । दोहोरो नागरिकताको विषयमा पनि देउवाले सकारात्मक पहल गर्ने बताएको एनआरएन डेनमार्कका अध्यक्ष दीपक सापकोटा तथा एन आर एन युरोप क्षेत्रीय उप-संयोजक सोमनाथ सापकोटाले जानकारी दिए ।

 –प्रकाश ढकालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment