Comments Add Comment

बिबाहका लागि कोमल वलीको सर्त- डिभोर्स नगर्ने कसम खानुपर्छ

Komal-oli
काठमाडौ । बिहे कुरा गर्दागर्दै गायिका कोमल वलिको जवानी बितेको पत्तै भएन । तर, पनि उनले केटाका नयाँ नयाँ गुणको फर्माइस गर्न छाडेकी छैनन् ।

‘गोजीमा गाँठ र मनमा आँट भएको झ्वाँक तन्नेरीको चाहना त उनले गीतमार्फत नै ब्यक्त गरिसकेकी थिइन् । तर, यो बर्ष उनले अर्को नयाँ सर्त अघि सारेकी छिन- डिभोर्स नगर्ने कसम खानुपर्छ ।’

मंसिर सकियो, माघ लाग्न बाँकी नै छ । हामीले यही मेलोमा कोमललाई फेरी सोध्याौं- बिबाह कहिले गर्ने ?

‘बिहे नगर्ने भनेर त मैले भनेकै छैन नि, योग्य पुरुष नभेटेकोमा पो गुनासो गरेको छ ।’ अनलाइनखबरसंग कुरा गर्दै उनले भनिन् । हरेक वर्ष मंसिर लागेपछि उनको बिहेको कुरो घरदेखि नाता गोतासम्म चल्छ । तर, कुरै कुरोमा असार नलाग्दै सकिन्छ ।

‘बिहे गर भनेर दबाब दिने धेरै छन् तर, यो केटा ठिक छ भनेर भन्न सक्दैनन ।’ कोमलले गुनासो गरिन् ।

उनले आफुसँग बिबाह गर्न चाहनेका लागि न्युनतम मापदण्ड उनैले बनाएकी छिन् । उनको भनाइ अनुसार उनिसंग बिबाह गर्नेले सबैभन्दा पहिला ‘डिभोर्स’ गर्दिन भनेर वाचा गर्नुपर्छ ।’

कतिपय पुरुषहरुले युवतिसंग प्रेम गर्ने बेलामा तिमी गुलाबको फूल हौ भनेपनि पछि काँडा भनेर हेला गरेको बुझेकी छिन् । ‘डिभोर्सले मेरो मात्रै हैन उसको पनि जीबन बर्बाद हुन्छ त्यसकारण म डिभोर्स नगर्ने पुरुषसँग बिबाह गर्न चाहन्छु ।’

अर्को पनि सर्त छ- कोमलको लोकपि्रयता देखेर कहिल्यै आरिस गर्न पाइदैन । उनीसँग बिहे गर्नेले कोमल वलिलाई मन पराउनेहरुले मेरै श्रीमतिलाई मन पराएको हो भनेर चित्त बुझाउनु पर्ने छ ।

कोमललाई कार्यक्रमवाट निम्तो आउँदा श्रीमानलाई नआउन पनि सक्छ । ‘त्यस्तो अवस्थामा मलाइ चाहिँ बोलाएनन् भनेर चित्त दुखाउन पाइदैन ।’ उनले अर्को सर्त सुनाइन् ।

पुस १० गतेदेखि जाजरकोटबाट उनको सांगीतिक यात्रा सुरु हुने छ । प्युठान, बेनी, पोखरा, धनकुटा लगायत धेरै ठाउँमा जानु छ । उनी भन्छिन ‘फागुनको पहिलो हप्तासम्म प्याक छु । त्यसपछि मात्रै केही दिन फुर्सद हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment