Comments Add Comment

यी हुन् सन् २०१४ का बिश्वचर्चित अनौठा खवर

ammging
पेरिस । फ्रान्सेली अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले यस वर्ष आफूले विश्वभर प्रसारण गरेका केही समाचारलाई अनौठा समाचारको रूपमा लिएको छ । ती समाचारमध्ये केही निम्न छन्ः

जनवरी महिनामा जापानमा महिलाका लागि भित्री तथा सुत्ने लुगा उत्पादन गर्ने एक कम्पनीले वास्तविक मायाँ परीक्षक ‘ब्रा’ (ट्रु लभ टेस्टर) उत्पादन गरेको दाबी गरेको थियो । यस कम्पनीले यो ब्रा लगाउने महिला वास्तवमै मायामा परेकी भए मात्र यो ब्रा खोलिने दाबी गरेको थियो ।

फेब्रुअरी महिनामा अमेरिकाको क्यालिफोर्नियाका एक दम्पतीले आफ्नो कुकुर घुमाउन लैजाँदा त्यसले गाडिएको सुनका सिक्काको एक थुप्रो खोस्रेर निकाल्यो । विशेषज्ञहरूले उक्त सिक्काको मूल्य एक करोड अमेरिकी डलर बराबर भएको अनुमान गरे । अमेरिकामा यसरी फेला परेको गाडधनमा उक्त सिक्का सबैभन्दा मूल्यवान भएको अनुमान गरिएको थियो ।

मार्च महिनामा डेनमार्कको एउटा ‘ट्राभल’ कम्पनीले आफ्नो मुलुकका बढी दम्पतीलाई पेरिस जस्तो रोमान्टिक नगर घुमाइ आफ्नो मुलुकको घट्दो जन्मदर बढाउनसक्ने दाबी गरेको थियो । यस कम्पनीले आफ्नो प्रचारप्रसारको शीर्षक ‘डेनमार्कका लागि गर्नुहोस्’ (डु इट फर डेनमार्क) राखेको थियो ।

अप्रिल महिनामा जर्मनीमा एक बोतलमा राखि १०१ वर्ष अगाडि समुद्रमा बगाइएको एक सन्देश त्यसका लेखकका नातिनीलाई बुझाइएको थियो । त्यो त्यस प्रकारको सबैभन्दा पुरानो सन्देश भएको विश्वास गरिएको थियो ।

मे महिनामा रियो दी जेनिरोमा छ प्रहरी अधिकारीले महिलाको भित्री लुगा ढुवानी गरिरहेका ट्रक रोकी त्यहाँ रहेका ‘प्यान्टी’ तथा ‘ब्रा’ चोरी तिनीहरूका चालकसँग घुस लिएको आरोपमा तिनीहरूलाई पक्राउ गरिएको थियो ।

जुन महिनामा बेलायतको दक्षिणी तटीय क्षेत्रमा वृद्धाश्रममा राखिएका दोस्रो विश्वयुद्धका योद्धा ८९ वर्षीय अवकाशप्राप्त सैनिक भागी उत्तरी फ्रान्समा डी-डे मनाउन आफ्नो तक्मासहित पुगेका थिए ।

जुलाइ महिनामा सोल नगरमा एक बौद्ध संस्थाले गीत गाउने भीक्षु तथा भीक्षुणी प्रस्तुत गर्दै युवा भक्त जम्मा गर्न एक ‘अनुभवजन्य प्रार्थना प्रतियोगिता’ आयोजना गरेको थियो ।

अगस्त महिनामा चीनको कुनसानमा एक रेस्टृुराँले आफ्ना ग्राहकलाई स्वागत गर्न, खाना पकाउन तथा खाना पुर्‍याउन एक दर्जनभन्दा बढी रोबोट प्रयोग गरेको थियो ।

सेप्टेम्बर महिनामा अस्ट्रेलियाको मेलबर्नमा जर्ज नाम गरेको एक ‘गोल्डफिस’को मस्तिष्कको उच्च जोखिमयुक्त शल्यक्रिया गरिएको थियो । दस वर्षीय उक्त माछाका मालिकले त्यसलाई मर्न दिनुभन्दा त्यसको शल्यक्रिया गर्नु उचित ठानेका थिए ।

अक्टोबर महिनामा युगान्डामा गाइको दूध दुहुनु तथा बोका बाख्रासँग काम गर्नुमा हिंडाइको सुन्दरता देख्ने गरी वाषिर्क सौदर्य प्रदर्शनको पुनः ब्याख्या गर्दा एक पूर्व कुखुरापालक तथा च्याउकृषक ‘मिस युगान्डा’ हुनपुगेकी थिइन् ।

नोभेम्बर महिनामा पोल्यान्डका ९१ वर्षीया एक महिलाको घरमै मृत्युभएको घोषणा गरिएपछि उनले ११ घण्टासम्म हिंडडुल गरी शवगृहका कामदारलाई चकित बनाइदिएकी थिएन् । यी महिलाले घर पुगेपछि आफूलाई निकै चिसो अनुभव भएकाले एक कप चिया मागेकी उनका भतिजीले बताइन् ।

डिसेम्बर महिनामा हल्यान्डका एक पुरुषले एक क्रेनमा बसी आफ्नी प्रेमिकाको बगैचामा विवाहको प्रस्ताव दिन पुग्दा छिमेकीको छाना भत्काउन पुगेका थिए । त्यसो त ती प्रेमिकाले उसको प्रस्ताव भने स्वीकार गरेकी थिइन् ।-रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment