Comments Add Comment

दोहोरी साँझ धाउन थाले सञ्चारमन्त्री

minendra-rijal

३ पुस, काठमाडौं । मुलुक सञ्चालन गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको काम के हो भन्ने विषयमा सायदै दुईमत होला । तर, कोइराला सरकारमा मन्त्रीहरु रोधीघरमा समेत जाने फुर्सद निकाल्न थालेका छन् ।

शासन सञ्चालन गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुले उदघाटन र भाषणमा समय बिताएको आलोचना भइरहँदा सञ्चारमन्त्री मिनेन्द्र रिजाल भने एक कदम अघि बढेर मोबाइल पसल र दोहोरी साँझ धाउन थालेका छन् ।

धनकुमारी थापा ‘सरु’ले दरबारमार्गमा दुई वर्षअघि सुरु गरेको ‘जुनकिरी रोधी क्लव’को वार्षिक उत्सवमा बुधबार सहभागी भए मन्त्री रिजाल । उनले रोधी क्लबले नेपाली लोक तथा कला क्षेत्रमा योगदान पुर्‍याएकोमा खुसी लागेको बताए ।

minendra-rijal1

‘नेपाली लोकगीत आम नेपालीको मौलिक संस्कृति र पहिचान भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्छ’ भन्दै भाषण पनि ठोके ।

उनले लोकगायिका बिमाकुमारी दुरा, गायक रामकृष्ण ढकाल, संगीतकार आलोकश्री, हास्य कलाकार दमन रुपाखेतीलगायतलाई सम्मान गरेका थिए ।

मन्त्री रिजाल केही महिना पहिले एउटा मोबाइल पसलको उदघाटनमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment