Comments Add Comment

एमालेले मदन भण्डारीलाई ‘जनजाति’ बनायो

३ पुस, काठमाडौं । नेकपा एमालेले आफ्ना जननेता स्व. मदन भण्डारीलाई पनि ‘जनजाति’ को कित्तामा राखेर पार्टीनिकट संस्थालाई ५० लाख रुपैयाँ राज्यकोषबाट निकासा गरेको खुलेको छ ।madhan-bhandari

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न जातीय संग्रहालयका लागि रकम बाँड्ने क्रममा मोरङको उर्लाबारीस्थित मदन भण्डारी संग्रहालयका नाममा ५० लाख निकासा गरिएको हो । पर्यटन मन्त्रालय एमालेको नेतृत्वमा छ ।

कसलाई कति बाँडियो ?

जातीय संग्रहालयका लागि वितरण गरिएको रकममध्ये धरानको बहुजातीय संग्रहालयका लागि ५० लाख दिइएको छ । त्यसैगरी चम्पादेवीको जातीय संग्रहालयलाई ५० लाख दिइएको छ ।

स्याङजाको गुरुङ संग्रहालयलाई १० लाख, गोरखा संग्रहालयका लागि ५ लाख, दाङको थारु संग्रहालयका लागि १० लाख, पाटनको ज्यापु संग्रहालयका लागि १० लाख, झापाको राजबंशी संग्रहालयका लागि ५ लाख, सुनसरीको माझी संग्रहालयका लागि १५ लाख र खस संग्रहालयका लागि १० लाख छुट्याइएको छ ।

एमालेले जातीय संग्रहालयका लागि बजेट वितरण गर्ने क्रममा एमाले नेता गुरु बरालको नेतृत्वमा सञ्चालित मदन स्मृति प्रतिष्ठानमा ५० लाख खन्याएको हो । यो प्रतिष्ठान पुरातात्विक एवं जनजातीय संस्था होइन ।

यसअघि कांग्रेस र एमाओवादीका पालामा पनि गणेशमान, कृष्ण सेन इच्छुक प्रतिष्ठान आदि नाममा यसैगरी राज्यकोषबाट पैसा बाँड्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment