Comments Add Comment

प्रधानमन्त्रीले यातायात मजदुरलाई भने-मापसे गर्ने ड्राइभरलाई के गर्ने ?

३ पुस, काठमाडौं । सार्वजनिक सवारी साधनका चालकको लाइसेन्समा कडाइ गर्ने गरी सरकारले ल्याएको नियमावली तत्काल कार्यान्वयन नहुने भएको छ ।

Susil-koiralaयातायात मजदुरहरुसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री सुशील कोइरालाले नियमावली कार्यान्वयन नहुने जानकारी दिएका हुन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाले नियमावली राजपत्रमा प्रकाशित नगर्ने आश्वासन दिएका थिए ।

नियमावली कार्यान्वयन नगर्न माग गर्दै तीन यातायात मजदुरका प्रतिनिधि बालुवाटार पुगेका थिए ।
भेटमा प्रधानमन्त्री कोइरालाले श्रमिकलाई आघात पर्ने गरी अघि नबढ्ने बताएका छन् । साथै बढ्दो सवारी दुर्घटनामा चालकको लापर्वाही पाइएको भन्दै उनले लापर्वाही गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरुलाई के गर्ने भनि प्रश्न गरेका छन् ।

जवाफमा मजदुर नेताहरुले कुनै पनि सवारी दुर्घटनाको निश्पक्ष र गम्भीर छानविन नै नभइ चालकलाई दोष दिन गरिएको बताएका छन् । ‘छानविनका लागि संयन्त्र बनाऔं नेपाल यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले अनलाइनखबरसँग भने-‘त्यसमा चालक दोषी देखिए कारबाही गर्न हामी सहयोग गर्छौं ।’

सरकारले हालै मात्र सार्वजनिक सवारी साधनका चालकको लाइसेन्स लिन दश कक्षा पास गर्नु पर्ने, २५ वर्ष उमेर पुगेको हुनु पर्नेसहितको नियमावली ल्याएको थियो । तर, मजदुरहरुले त्यसको विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment