Comments Add Comment

इकुले ‘लाली’ बनाउने, आमा घरलाई कम्मल वितरण

aama ghar  (6)
‘इकु’ र ‘इकु ब्याक एगेन’ पछि कलाकार सुलेमान शंकरले चलचित्र ‘लाली’ बनाउने भएका छन् । आज काठमाण्डौमा यो चलचित्रको घोषणा गरिएको हो । रित सिंहले  निर्देशन गर्न लागेको यो चलचित्रको छायांकन माघको दोश्रो साताबाट हुनेछ ।
चलचित्रमा निशान थापा ‘मोहन’को लगानी छ । चलचित्रलाई सुलेमान शंकरले प्रस्तुत गर्न लागेका हुन् । चलचित्रका लागि कलाकार फाइनल भैसकेका छैनन् । सुलेमानले भने–‘यो चलचित्रमा म आफै भिन्न भूमिकामा देखिदैछु । अन्य कलाकार केही दिनमा पक्का हुनेछन् ।’lali-film
कार्यक्रममा, कालिमाटीमा रहेको आमा घरमा रहेका ३२ जना बृद्ध आमाहरुलाई कम्मल वितरण गरिएको थियो । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले आमा घरका बृद्ध आमाहरुलाई कम्मल वितरण गरे । सस्पेन्स, थ्रिलर तथा कमेडी यो चलचित्रले दर्शकलाई आफ्ना अघिल्ला चलचित्र भन्दा फरक स्वाद दिने सुलेमानको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment