Comments Add Comment

मधेसी दलहरुलाई सत्ताको हरियो घाँस देखाए : उपेन्द्र यादव

गौतम श्रेष्ठ

३ पुस, रौतहट । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान बनाउन नसक्ने भएपछि सरकारले मधेसी दलहरुलाई सत्ताको हरियो घाँस देखाएको बताएका छन् ।

upendra-yadavगौरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले अर्को सरकारमा सहभागी हुन निम्तो दिएको बताए ।

सरकारमा रहेका दलहरु संविधान भन्दा सरकारको खेलमा लागेको भन्दै उनले भने-‘दुई तिहाई बहुमतको सरकार हुँदा हुँदै फेरि नयाँ सरकार बनाउने प्रस्तावले संविधान समयमा नबन्ने आशंका उत्पन्न हुन्छ ।’

फोरम अध्यक्ष यादवले बहुमत छ भन्दै कांग्रेस र एमालेले जबरजस्ती अघि बढन खोजे ठूलो दुर्घटना हुने बताए ।

मधेस स्वायत प्रदेश हुने सम्झौता भइसकेको भन्दै उनले अहिलेको ५ विकास क्षेत्र र १४ अञ्चलको जस्तै गरी हुने संरचना स्वीकार्य नहुने बताए ।

यादवले कांग्रेस र एमालेले ल्याएको संघीयताको खाकाप्रति आफूहरु सहमत नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment