Comments Add Comment

सभासदले भने-हामीलाई कामको, शीर्ष नेतालाई सत्ताको चिन्ता

३ पुस, काठमाडौं । सत्तारुढ दलकै सभासदहरुले प्रमुख दलहरुको सत्ता भागबण्डाका कारण संविधानसभा बन्धक बनेको आरोप लगाएका छन् ।

Dhanraj Gurungसंविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि बिहीबार भएको छलफलमा भाग लिँदै कांग्रेस सभासद धनराज गुरुङले सत्ताको बाँडफाँडमा कुरा नमिल्दा सहमति हुन नसकेको दावी गरेका हुन् ।

संविधान जारी गरेपछि आफुहरुको हैसियत के हुने भन्ने चिन्ताले दलका शीर्ष नेताहरुलाई सताएएको उनको आरोप छ । सत्ताका लागि एकआपसमा खासखुस गरेका नेताहरु बाहिर भने भन्न डराएको गुरुङको भनाइ थियो ।

‘अरुलाई के धन्दा घरज्वाइलाई खानकै धन्दा’ भन्ने नेपाली उखानको उदाहहरण दिँदै कांग्रेस सभासद गुरुङले भने-‘हामी सभासदलाई कामको चिन्ता छ । १ दर्जन घरज्वाईलाई सत्ताको चिन्ता छ ।’

एमाले सभासद भरतमोहन अधिकारीले अझै पनि सहमतिको प्रयास गरेमा सहमति सम्भव रहेको बताए । संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा बिचको बाटो खोज्न सकिने उनको भनाइ छ ।

छलफलमा एमाओवादीका सभासद अग्नि सापकोटाले सहमति छाडेर अंकगणितीय खेलमा लागेमा फेरि लड्ने चेतावनी दिए । आफुहरु आत्मसमर्पण गर्न तयार नरहेको उनले प्रष्ट पारेका छन् ।

राप्रपा नेपालका गणेश थापाले दलहरु मिल्न नसके जनमत सङ्ग्रहमा गएर भए पनि विवादित विषयको समाधान गर्न आग्रह गरेका छन् ।

मधेसी जनअधिकार फोरमका सभासद वीरेन्द्र महतोले सामान्य गल्ती गर्ने सर्बसाधरणलाई कारबाही हुने भन्दै माघ ८ मा संविधान आउँछ भन्दै दिनहु ढाट्ने नेताहरुलाई किन कारबाही हुँदन भनि प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment