Comments Add Comment

राजेश–अशिष्मा, जीवन–नन्दिताको भिडियो सार्वजनिक

rajesh-hamal-and-ashisma-nakarmi
गीतकार निलम आङबुहाङ राइको तेश्रो एल्बम ‘निलम’ बजारमा आएको छ । बेलायतको फोक्सटन सर्नक्लिफको फेमिली कम्यूनिटी सेन्टरमा गीतकार राइको यो एल्बम सार्वजनिक गरिएको हो ।

यो एल्बममा ७ वटा गीत समावेश छन् । जसमध्ये २ वटा गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो । निर्देशक मिलन चाम्सले निर्देशन गरेका २ भिडियो सार्वजनिक गरिएको हो । ‘मेरी प्रियतमा’ र ‘विवस्ताले’ बोलका गीतहरु सार्वजनिक भएका हुन् ।

‘मेरी प्रियतमा’ बोलको गीतको भिडियोमा नेपाली चलचित्रका चर्चित नायक जीवन लुइटेल र नायिका नन्दिता केसीको अभिनय छ ।
यस्तै, ‘विवस्ताले’ बोलको गीतमा नायक राजेश हमाल र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।

‘निलम’ एल्बममा समावेश गीतमा रीमा गुरुङ, हेमन्त शर्मा, स्वरुपराज आचार्य, मिलन अमात्य, शाहिद मालिया, लक्ष्मण लिम्बु र बीबी अनुरागीको आवाज छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment