Comments Add Comment

पश्चिमाको लहैलहैमा धर्म निरपेक्षता घोषणा गरियो : प्रश्रित

३ पुस, काठमाडौं । संस्कृतिविद् डा. मोदनाथ प्रश्रितले राजनीतिक दलहरुले क्षणिक स्वार्थका लागि राष्ट्र नै छिन्नभिन्न पार्ने काम गरेको आरोप लगाएका छन् ।

Modnath prasitपृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले बिहीबार राजधानीमा गरेको कार्यक्रममा पूर्वशिक्षामन्त्री समेत रहेका प्रश्रितले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको दिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनु पर्ने बताए ।

गणतन्त्र राष्ट्र घोषणापछि राष्ट्रिय एकता दिवस नमाउनु दुःखद भएको भन्दै उनले भने-‘पश्चिमाहरुको लहैलहैमा लागेर धर्म निरपेक्षता घोषणा गरियो, यो नेपाल र नेपालीहरुको पहिचानको लागि दुर्भाग्यपुर्ण कुरा हो ।’

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पृथ्वीनारायण शाह नभएको भए यतिवेला नेपालीहरु बंगालीबाबु, विहारी दादा हुने टिप्पणी गरे ।

ईतिहासविद् डा. रमेश ढुंगेलले विगतमा गरेको गल्ती सच्याउन कांग्रेस र एमालेलाई उपुयक्त अवसर रहेको बताए । उनले हिम्मतका साथ राष्ट्र निर्माताको सम्मानका लागि पनि पृथ्वी जयन्ती मनाउनु पर्ने धारणा राखे ।

अर्का ईतिहासविद् डा. सुरेन्द्र केसीले केही दलले धर्मको प्रयोग गरेर राष्ट्रिय एकता खलबल्याएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment