Comments Add Comment

सामूहिक बलात्कारमा संलग्न बालकसहित तीनलाई दस वर्ष कैद

३ पुस, विराटनगर । सामूहिक बलात्कारमा संलग्न एक बालकसहित तीनजनालाई मोरङ जिल्ला अदालतले १० वर्षको कैद सजाय सुनाइएको छ ।

Rape-Sketchन्यायाधीश ऋषिराम निरौलाको इजलासले लेटाङ-९ लामिटारका २० वर्षीय लक्ष्मण लिम्बू, २४ वर्षीय नटबहादुर लिम्बू र १४ वर्षीय बालकलाई दोषी ठहर गर्दै जनही १० वर्ष कैद सुनाएको हो । साथै पीडितलाई जनही ५० हजार क्षतिपूर्ति भराउन भनिएको छ ।

गत जेठ १७ गते मोरङको लेटाङ गाविस ९ स्थित चिसाङ खोलामा बजारबाट घर फकर्ंदै गरेकी ३६ वषर्ीया महिलाको सामूहिक बलात्कार भएको थियो ।

मुलुकी ऐनको जक महलको ३ (५) अनुसार पाँच वर्ष कैद र सोही ऐनको ३ (क) अनुसार सबैलाई थप पाँच वर्ष कैद सजाय तोकिएको छ । तर, अर्का अभियुक्तको उमेर १४ वर्ष मात्र भएकाले उसले आधा सजाय मात्र भुक्तान गर्नुपर्ने फैसलामा छ ।

मुद्दाको अभियोग पत्रमा उल्लेख भएअनुसार पीडित महिलाका तीन छोराछोरी छन् । जेठ १७ गते साँझ ७ बजे लेटाङबजारबाट घर फकर्ंदै गर्दा खोलामा साङ्घातिक आक्रमण गरी सामूहिक बलात्कार गरेको र कसैले भनेमा ज्यान लिने धम्की दिएर छाडेको अभियोगपत्रमा उल्लेख छ ।

पीडित महिलाले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय लेटाङले सामूहिक बलात्कार आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment