Comments Add Comment

लण्डनमा नेपालीबाट सञ्चालित फार्मेसीलाई ‘योङ्ग फेन्ड्ली अवार्ड’

Snap Neem Treeलण्डन । लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित ‘नीम ट्री फार्मेसी’ ले ‘योङ्ग फेन्ड्ली अवार्ड’ प्राप्त गरेको छ । कंडेल ग्रुपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनवीच काउन्सिलले सो अवार्ड प्रदान गरेको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित समावेशी र सहयोगमूलक सेवा उपलब्ध गराए वापत नीम ट्रीले अवार्ड पाएको हो ।

स्थानीय काउन्सिलबाट प्रदान गरिएको सो अवार्डलाई बेलायत सरकारको स्वास्थ्य विभागले समेत मान्यता दिने गरेको छ । वीलवीचमा आयोजित एक कार्यक्रममा ग्रीनवीच काउन्सिलका जनस्वास्थ्य विभाग निर्देेशक स्टीभ ह्वाइटम्यानले नीम ट्रीकी सुपरिटेन्डेन्ट फार्मसिस्ट शोभा कंडेललाई अवार्ड प्रदान गरेका थिए ।

कंडेल गु्रपले ‘नीम ट्री’ र वीलवीच ‘लेट नाइट’ गरी लण्डनमा दुई वटा फार्मेसी सञ्चालन गरेको छ । लण्डनमा अहिलेसम्म नेपाली व्यवसायीबाट सञ्चालित फार्मेसी यी दुई मात्र हुन् । दुवै फार्मेसीमा नेपाली भाषा बोल्ने कर्मचारीहरु पनि छन् ।

विशेष गरी अंग्रेजी भाषा बोल्न नजान्ने भूतपूर्व गोर्खाहरुका लागि यी दुवै फार्मेसीका कारण निकै सजिलो हुने गरेको छ । यी फार्मेसीहरुले गोर्खाहरुका लागि विशेष प्राथमिकता र सहुलियत सहितको सेवा पनि उपलब्ध गराउँदै आएका छन् । बेलायतमा व्यवसाय गरिरहेको कंडेल ग्रुपले नेपालमा बेलायती विश्वविद्यालयबाट मान्यताप्राप्त ‘द वि्रटिश कलेज’ पनि सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment