Comments Add Comment

इण्डियन सुपर लिगमा सचिन र गांगुलीको भिडन्त !

Sachin-vs-Ganguly

३ पुस, काठमाडौं । भारतीय क्रिकेटका दुई हस्ती सचिन तेन्दुलकर र सौरभ गांगुली आमने सामेन छन् । ट्वीटरमा सचिन भर्सेस गांगली निकै ट्रेन्ट भयो ।

तर, खासमा उनीहरु आफैं नभएर इण्डियन सुपर लिग फुटबलमा सचिन र सौरभको टीम उपाधिका लागि भिड्ने भएका हुन् ।

बुधबार राति एथ्लेटिको कोलकत्ता र एफसी गोवाबीच सेमिफाइनलको दोस्रो लेग भएको थियो, जसमा गांगुलीको टीम कोलकत्ता टाइब्रकेरमा ४-२ ले विजयी भयो ।

यसअघि सचिनको केरला ब्लास्टर्स चेन्नइ एफसीलाई हराउँदै फाइनलमा पुगिसकेको थियो ।

कोलकत्ता टीमका मालिक एथ्लेटिको मडि्रड र गांगुली हुन् भने तेन्दुलकर केरलाका सहमालिक हुन् ।

यसैलाई लिएर प्रशंसकहरुले कोलकत्ता र केरलाको उपाधि भिडन्तलाई गांगुली र तेन्दुलकरको भिडन्तका रुपमा हेरेका हुन् ।

हिन्दुस्तान टाइम्सको दिल्ली संस्करणका सम्पादक अभिजित मजुमदारले ट्वीट गरेका छन्-‘सचिन भर्सेस गांगुलीमा म निश्चित रुपमा बंगालको समर्थन गर्छु । सचिन राम्रा व्याट्सम्यान हुन् तर, सौरभ एक फुटबलर र कप्तान हुन् ।’

केही प्रशंसकले क्रिकेटको माध्यमबाट फुटबलको प्रचार भएकोमा खुसी व्यक्त गरेका छ्न । केहीले भने फुटबल भिन्डन्तलाई क्रिकेटको रुप दिएको असन्तुष्टि जनाएका छन् ।

कोलकत्ता र केरला लिगमा दुई पटक भिडेका गिए । एक खेल १-१ को बराबरीमा सकिएको थियो भने अर्कोमा केरलाले कोलकत्तालाई २-१ ले हराएको थियो ।

फाइनल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment