Comments Add Comment

पुनरावेदनबाट सफाइ पाएका बलात्कारीलाई सर्वोच्चद्वारा ५ वर्ष जेल

३ पुस काठमाडौं । पुनरावेदनको फैसला उल्टाउँदै सर्वोच्च अदालतले बलात्कारको अभियोगमा नेपाल टेलिकमका तत्कालीन शाखा अधिृकत यादवप्रसाद घिमिरेलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश गोविन्दकुमार उपाध्याय र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो । अदालतले १ लाख ५० हजार क्षतिपूर्ति भराउन पनि भनेको छ ।

यादवले २०६४ साल पुसमा जागिर लगाइने भन्दै एक युवतीलाई पोखरा ल्याएर बलात्कार गरेका थिए ।

जिल्ला अदालतले यादव घिमिरेलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो । तर, पुनरावेदन पोखराले २०६६ असोजमा जबरजस्ती करण नभएको भन्दै सफाइ दियो ।

पुनरावेदनको फैसलाविरुद्ध २०६६ चैत्रमा सर्वोच्चमा महान्यायाधीशवक्ताको कार्यालयले पुनरावेदन दिएको थियो । पटक पटक सर्दै आएको मुद्दामा बिहीबार झण्डै ५ वर्षपछि फैसला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment