Comments Add Comment

रायना यु-९ सिंगल्स च्याम्पियन

३ पुस काठमाडौं । रायना शाहले १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको यु-९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा रायनाले अजा रेग्मीलाई ८-० ले पराजित गरिन् ।

सोही स्पर्धाको ब्वाइजमा रनव सिंहले अकी जुवेन राउतलाई ८-४ तथा आदित्य सुवेदीले आरवसम्राट हाडालाई ८-३ ले हराउदै फाइनलमा पुगे । यु-१० ब्वाइज सिंगल्समा आदित सुवेदीले अकी जुवेन राउतलाई ८-५ तथा आर्यन गिरीले आदित्य सुवेदीलाई ८-४ ले निराश पार्दै फाइनल यात्रा तय गरे ।

सोही स्पर्धाको गल्र्समा सलोनी तामाङले मानवी शाहलाई ८-१ तथा इशाश्री शाहले रायना शाहलाई ८-३ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । मन-जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु-१२ ब्वाइज सिंगल्समा सम्यकभूषण वज्राचार्यले प्रमोद बुढाथोकीलाई ६-१ र ६-० तथा सुलभ धितालले छविलाल विश्वकर्मालाई ७-५ र ६-४ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु-१४ ब्वाइज सिंगल्समा रेन्जन लामाले प्रशान्त बस्नेतलाई ६-० र ६-२ तथा संरक्षकभूषण वज्राचार्यले दीपेश खत्रीलाई ६-१ र ६-१ ले पराजित गर्दै फाइनलमा पुगे ।

यु-१४ गल्र्स सिंगल्समा मायांका राणाले राधा भुजेललाई ६-० र ६-०, माहिका राणाले खुशी पाण्डेलाई ६-०, २-६ र ६-१, इरा राउतले क्याथि्रन माथेमालाई ६-४ र ७-६ तथा एनी माथेमाले इशिका अग्रवाललाई ६-० र ६-० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment