Comments Add Comment

काँकडभिट्टाबाट चार लाखको सुपारी बरामद

३ पुस, झापा । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट झण्डै चार लाख बराबरको सुपारी बरामद गरेको छ । करीब दुई हजार एक सय केजी सुपारी बरामद भएको हो ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका १० काँकडभिट्टास्थित विभिन्न नाकाबाट चोरीनिकासी गर्न लागेको अवस्थामा सुपारी बरामद गरेको एपीएफले जनाउको छ ।

बरामद सुपारी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment