Comments Add Comment

नेपाली नागरिकता र पासपोर्टसहित बंगलादेशी नागरिक पक्राउ

३ पुस, काठमाडौं । नेपाली नागरिकता र पासपोर्टसहित बंगलादेशी नागरिक सोहिद उल्ला मिया पक्राउ परेका छन् ।

bangali-pakrau२५ वर्षका सोहिदलाई बसन्तपुरबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

प्रहरीका अनुसार शंकास्पद रुपमा हिडडुल गरेको अवस्थामा खानतलासी गर्दा उनकेा साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट उनको नाममा जारी भएको नेपाली नागरिकता र राहदानी भेटिएको थियो ।

उनलाई राहदानी ऐन अन्तर्गत मुद्धामा म्यादथप अनुमति लिइ थप अनुसन्धान थालिएको हनुमानढोका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment