Comments Add Comment

डिभिजन थ्री विजेता क्रिकेटरलाई जनही एक लाख दिने सरकारको निर्णय

Div-3-Champion-nepal-1

३ पुस, काठमाडौं । सरकारले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता नेपाली टोलीका सदस्यहरुलाई जनही एक लाख दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाली टोलीका सदस्य र प्रशिक्षक गरी १८ जनालाई नदगसहित सम्मान गर्ने निर्णय गरेको हो । तर, सरकारले टीम म्यानेजरलाई भने पुरस्कार नदिने भएको छ ।

सरकारले निलम्बन गरेकाले टीम म्यानेजरलाई पुरस्कार नगर्ने निर्णय भएको खेलकुदमन्त्री पुरुषोतम पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार खेलाडी र प्रशिक्षकलाई डिभिजन टूका लागि नामिविया जानुअघि नै नगदसहित सम्मानित गरिनेछ ।

मलेसियामा भएको डिभिजन थ्रीमा नेपालले युगाण्डालाई हराउँदै उपाधि जितेको थियो भने डिभिजन टूमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment