Comments Add Comment

अढाइ अर्ब रुपैयाँ सम्म पर्ने दुनियाका सबैभन्दा महंगा १० घडी (फोटो कथा)

घडीको मूल्य कतिसम्म पर्ला ? आखिर समय दिने काममा मात्र प्रयोग आउने घडीलाई २ अर्ब ५० करोड रुपैयाँ भन्दा पनि बढि पर्छ भन्ने कुरा पत्याउनै गाह्रो पर्छ । तर यो दुनियामा यस्तो बहुमूल्य घडी समेत बनेका छन् जसको मूल्य अढाइ करोड रुपैयाँ भन्दा बढि पर्छ । करोडौँ रुपैयाँ पर्ने दुनियाका सबैभन्दा महंगा १० घडी यस्ता छन्ः
१. चोपार्ड २०१ क्यारेट- मूल्य अढाइ करोड । स्विजरल्याण्डको लक्जरी घडी निर्माता कम्पनी चोपार्डले उत्पादन गरेको यो घडी विश्वमा अहिलेसम्मको सबैभन्दा महंगो घडी हो । यसमा १२ क्यारेट हिरा, १५ क्यारेट गुलाबी हिरा, ११ क्यारेट सेतो हिरा तथा १६३ क्यारेट पहेँलो हिराको प्रयोग गरिएको छ ।pouted 10२. पाटेक फिलिप सुपर कम्प्िलकेसन- मूल्य १ करोड १० लाख डलर । १८ क्यारेट सुनको प्रायेगभएको यो घडी विश्वको सबैभन्दा जटिल घडी पनि हो । यो घडीको डिजाइन तथा निर्माण गर्न ५ वर्षको समय लागेको थियो । स्विजरल्याण्डकै पाटेक फिलिप कम्पनीले सन् १९३३ मा यो घडी उत्पादन गरेको हो ।

fortune 9
३. पाटेक फिलिप १५२७- विश्वको नम्बर वान घडी निर्माता पाटेक फिलिपले सन् १९४३ मा यो घडी उत्पादन गरेृको हो । यसको मूल्य ५६ लाख डलर छ ।यसमा १८ क्यारेट पहेँलो सुन तथा सिल्भर मेट डायल रहेको छ । यसमा असाधारण फिचर्सहरु जस्तै क्रोनोग्राफ, सुन्दर चन्द्राकार डिस्प्ले, तिथिमिती संकेत क्यालेन्डर समेत रहेकेा छ ।


patekwatch 8
४. हुब्लोट डायमण्ड- मूल्य ५० लाख डलर । यो विश्वको सबैभन्दा महंगो तथा सुन्दर घडीमध्येको एक हो । यसमा १४० क्यारेटको १२ सय टुक्रा हिराको प्रयोग गरिनुका साथै १८ क्यारेट सेतो सुनको प्रयोग पनि गरिएको छ ।


en.paperblog 7 copy
५. लुइस मोइनेट मेटेओरिस- मूल्य ४६ लाख डलर । यो घडी यतिधेरै मूल्यवान हुनुको खास कारण यसमा क्षुद्रग्रह, उल्कापीण्ड लगायतका टुक्राको प्रयोग हुनु हो । यसलाई अन्तरीक्ष घडी पनि भनिन्छ
watchtime 6
६. पाटेक फिलिप प्लाटिनम वल्र्ड टाइम- मूल्य ४० लाख ३ हजार डलर । यसको उत्पादन पाटेक फिलिप कम्पनीले सन् १९३९ मा गरेको हो ।

megafashion360 5
७.पाटेक फिलिप १९२८ सिंगल बटन क्रोनोग्राफ- मूल्य ३६ लाख डलर । यसमा १८ क्यारेट शुद्ध सेतो सुनको प्रयोगगरिएको छ । सन् १९२८ को आर्थिक मन्दीपछि को समयमा यसको उत्पादन गरिएको हुँदा यसलाई प्याटेक फिलिपको सबैभन्दा महत्वपूर्ण संरक्षक मानिन्छ ।

luxehighlife 4

८. पियागेट इम्पेराडोर टेम्पल- मूल्य ३३ लाख डलर ।

alistaday 3



९. प्याटेक फिलिप १९५३ हेउरेस युनिभर्सेल्स मोडल २५२३- मूल्य २९ लाख डलर । सन् २००६ मा यो घडीको लिलामी भएको थियो । यसमा १८ क्यारेट पहेँलो सुनको प्रयोग गरिएको छ । साथै यसमा उत्तर अमेरिका महादेशजस्तो देखिने पोलिक्रोम तथा इनामेल डायल प्रयोगगरिएको छ ।



agurus 2१०.कार्टियर सेक्रेट- मूल्य २७ लाख ५० हजार डलर । १८ क्यारेट सेतो सुनलाई रोडियमले लेपन गरेर बनाइएको यो घडी विश्वको सबैभन्दा महंगो घडी हो । यसमा सुनको अतिरिक्त ३.५३ क्यारेटको ३ हजार १० वटा हिराको टुक्रा समेत प्रयोग गरिएको छ ।

1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment