Comments Add Comment

जागिर अनुसार फरक पर्छ मानिसको यौन चाहना, कुन जागिर गर्ने मानिसले के मन पराउँछन् ?

sex
इन्जिनियर तथा कलाकारहरु विपरित लिंगीसँगको चिनजानपछि छिटै यौन सम्बन्ध कायम गरिहाल्न चाहन्छन् । उनीहरुका लागि माया पिरती तथा मित्रवत सम्बन्ध भन्दा सम्भोगको कुरा महत्वपूर्ण हुन्छ । तर नर्सहरु भने झ्वाट्ट यौन सम्बन्ध होइन की गाढा प्रेम सम्बन्ध चाहन्छन् ।
हो, पछिल्लो पटक गरिएको एक अध्ययनले कुन जागिर गर्ने मानिसले यौन तथा प्रेम सम्बन्धलाई कस्तो रुपमा अघि बढाउन चाहन्छन् र कसको रोजाइमा के पर्छ ? भन्ने रोचक तथ्य पत्ता लगाएको छ ।
नयाँ डेटिङ एप क्लोभरले आफ्नो एप प्रयोग गर्ने ३३ हजार जना मानिसमा गरेको सर्भेक्षणले यस्तो रोचक तथ्य बाहिर ल्याएको हो ।
क्लोभरका अनुसार डाक्टर तथा वकिलहरु केवल हल्का मित्रता मात्र मन पराउँछन् र धेरै भन्दा धेरै साथी बनाउन चाहन्छन् । जबकी औषधि विज्ञ तथा लेखा राख्ने मानिसहरु भने दीर्घकालीन प्रेम सम्बन्ध चाहन्छन् ।
१८ देखि ६० वर्ष उमेर समूहका मानिसहरुलाई क्लोभरले उनीहरुको सम्बन्धको आवश्यकताका विषयमा सोधेको थियो । जसबाट मानिसको करिअर तथा डेटिङ प्राथमिकताबीचको सम्बन्धको रहस्य उद्घाटन भयो ।
क्लोभरका सिइओ आइज्याक राइच्याकका अनुसार जागिर अनुसार यौन तथा प्रेममा पर्ने फरकपनाको मुख्य कारण जागिरेसँग उपलब्ध खाली समय तथा आयआर्जन हो ।
तथ्यांक अनुसार पत्रकार, पुलिस, शिक्षक, विज्ञापन सम्बन्धि काम गर्ने, वैज्ञानिक, तथा संगीतकर्मीले दीर्घकालीन तथा गहिरो सम्बन्ध भन्दा भैपरी आउने कामचलाउ सम्बन्धमा जोड दिन्छन् ।
डिजाइनर, फार्मासिस्ट, मनोविज्ञ, कम्प्युटर सफ्टवेयर निर्माता, लेखापाल तथा नर्सहरु विपरित लिंगीसँग दीर्घकालीन सम्बन्ध गाँस्न मन पराउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment