Comments Add Comment

१३ वर्षपछि निकालियो पेटबाट कैँची

cizer
भोक नलाग्ने समस्या लिएर उपचारका लागि गएका एक मानिसको पेटबाट डाक्टरहरुले कैँची निकालेका छन् । निकै भयानक लाग्ने समाचार अनुसार डाक्टरहरुले ती मानिसको आन्द्राबाट ८ इन्च लामो १३ वर्ष पूरानो कैँची निकालिदिएका हुन् ।
उनले कैँची खाएर पेटमा अडि्कएको होइन । न त, जिउमा चमत्कार भएर कैँचीको प्रादुर्भाव भएको । आखिर डाक्टरहरुले निकालेको त्यो कैँची १३ वर्ष अगाडि डाक्टरहरुले नै शल्यक्रियाको क्रममा भुलबस उनको जिउभित्र छाडेका रहेछन् ।
घटना काजखस्तानको हो । देशको शाखटिन्स्क सहरका एक पुरुषले सहरकै एक अस्पतालमा १३ वर्ष अगाडि पेटको शल्यक्रिया गराउने क्रममा शल्यचिकित्सकहरुले उनको पेटभित्र भुलबस कैँची छाडेका रहेछन् ।
शल्यक्रियापछि उनको पेटको पूरानो रोग त निको भयो, तर भोक नलाग्ने समस्या भने सुरु भयो ।
झिकिदे गाँड भन्दा थपिदे गाँड भनेझैँ पूरानो पेटको रोगको उपचारपछि उनलाई खानै मन नलाग्ने भएपछि झनै दुब्लाउँदै गए । उनले ठ्याक्कै खान छाडेपछि उनकी श्रीमतीले कर गरी स्थानीय क्लिनिकमा गएर जँचाउँदा पो खान मन नलाग्नुको गुदी कुरो पत्तो लाग्यो । एक्सरेका क्रममा उनको पेटमा कैँची रहेको देखियो । पछि अर्को शल्यक्रिया गरी उनकेा पेटमा रहेको कैँची निकालियो ।
पेटमा त्यति ठूलो कैँची अडि्कँदा समेत १३ वर्ष सम्म दुखाइको समस्या नहुनु र केवल खान मन नलाग्ने समस्या मात्र देखिनु आश्चर्यको कुरा भएको डाक्टरहरुले बताएका छन् ।
डाक्टरहरुकेा लापरवाहीका कारण १३ वर्षसम्म पेटमा कैँची बोकेका ती पुरुषले अहिलेसम्म उक्त अस्पताल र त्यसका डाक्टर विरुद्ध उजुरी नगरेको हुँदा कुनै कारवाही अगाडि नबढाइएको कजाखको चिकित्सा तथा औषधी नियमन समितिले जनाएको स्थानीय एक अनलाइनलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment