Comments Add Comment

बालोटेलीमाथि एक खेलको प्रतिवन्ध

Mario Balotelli

४ पुस, काठमाडौं । लिभरपुलका स्ट्राइकर मारियो बालोटेलीमाथि एक खेलको प्रतिवन्ध लागेको छ ।

सामाजिक सञ्जालमा गरेको सुपर मारियो पोष्टका लागि  फुटबल एशोसिएसन उनलाई एक खेलको प्रतिवन्ध लगाउनुका साथै २५ हजार पाउण्ड जरिवाना गरेको छ ।

अब उनले आइतबार इंग्लिस प्रिमियर लिगमा आर्सनलविरुद्धको खेल गुमाउनेछन् । प्रमियर लिगमा खराब प्रदर्शन गरिरहेको लिभरपुलका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ ।

एफएको निर्णयपछि बालोटेलीले टीममेट र लिभरपुलका समर्थकसँग माफी मागेका छन् । एफएको निर्णयले आफूले गलत गरेको प्रष्ट भएको भन्दै उनले अब यस्तो नगर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment