Comments Add Comment

रियल र एथ्लेटिको मड्रिड अन्तिम १६ मै भिड्ने

Mario Mandzukic

४ पुस, काठमाडौं । एथ्लेटिको मड्रिड स्पेनिस कोपा डल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । अब उसले अघिल्लो चरण प्रवेशका लागि चिरप्रतिद्वन्द्वी डिफेण्डिङ च्याम्पियन रियल मड्रिडसँग खेल्नेछ ।

बिहीबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले होस्पिटालेटसँग २–२ को बराबरी खेल्यो । पहिलो लेग एथ्लेटिकोले ३–० ले जितेको थियो र सम्रगमा ५–२ ले विजयी भयो ।

एथ्लेटिकोले १९ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लियो । उनले वान भर्सेज वानमा गोल गरेका थिए ।

तर, अल्काराजले ६४ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा मान्जुकिजले दोस्रो गोल गरे भने ८४ औं मिनेटमा अल्काराजले पनि गोल गरेपछि खेल बराबरीमा सकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment