Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सहमतिका पक्षमा बोल्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएको, सहमति गर्ने प्रयासमा दलहरु सक्रिय रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले साढे तीन लाख विद्यार्थीले विद्यालय छाडेको, प्रहरीले जाडोमा लगाउने ज्याकेट चैतमा मात्र आउने, बंगलादेशीसँग नेपाली पासपोर्ट र नागरिकता भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले बलात्कृत पत्रकारले न्याय पाएको, क्षेत्रीय विमानस्थल मुआब्जा विवाद, जग्गाधनी र प्रहरीबीच झडप भएको, जुरेमा गएको पहिरोबारे पेरुमा छलफल भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले विवाद टुंग्याउन दलहरुबीच पाँच विकल्प रहेको, कोइराला र प्रण्चडबीचको वार्ता सकारात्मक भएको, शिक्षाका मात्रै अख्तियारमा १३ हजार उजुरी परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले स्वास्थ्यको आलटालले १४ करोड आर्थिक भार परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment