Comments Add Comment

भूकम्पले ठूलो क्षति भएको छैन : सोलु प्रजिअ

४ पुस, काठमाडौं । बिहीबार राति गएको भूकम्पबाट कुनै मानवीय क्षतिको विवरण नआएको सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् ।

सोलुखुम्बुलाई केन्द्र बनाएर बिहीबार राति ९ बजेर १७ मिनेटमा ५.९ रिक्टर स्केलको भूकम्प गएको थियो । अन्तराष्ट्रिय भूकम्प मापन केन्द्रहरुले भने ५ रिक्टर स्केल भनेका छन् ।

Earthquake-in nepal

‘हामीले सबै ठाउँमा बुझ्न प्रहरीलाई भनेका छौं । तर, अहिलेसम् त्यस्तो कुनै क्षतिको खबर छैन’ प्रमुख जिल्ला अधिकारीले ढकालले अनलाइनखबरसँग भने ।

उनका अनुसार भूकम्पको धक्का भने निकै महसुस भएको थियो । ‘निकै हल्लाएको थियो । तखतामा राखेको विजुलीको चिम झर्ने गरी घरहरु हल्लाएको थियो’ उनले भनेका छन् ।

प्रहरीका अनुसार भूकम्प आएको समयमा सदरमुकाम सोलुसहितका अधिकांश स्थानमा मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्किएका थिए ।

स्थानीय प्रशासनले भूकम्पको केन्द्र बस्तीरहित हिमाली क्षेत्र भएको अनुमान गरेको छ । ‘कुन गाविस हो भने अझै यकिन भन्ने भएको छन’ प्रजिअ ढकालले भने–‘नम्बुर हिमालको उत्तरी क्षेत्र हो कि भन्ने अनुमान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment