Comments Add Comment

जनजातिका अधिकार स्थापित गराउन माइतीघरदेखि बानेश्वरसम्म मार्चपास

४ पुस, काठमाडौं । संविधानमा आदिवासी जनजातिको अधिकार स्थापित गराउन दबाब दिनका लागि गठन गरिएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले मार्चपास गर्ने भएको छ ।

शुक्रबार मध्यान्ह माइतिघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म हुने मार्चपासको नेतृत्व आन्दोलन समितिका अध्यक्ष तथा नागरिक अगुवा पद्मरत्न तुलाधरले गर्नेछन् ।

मार्चपासमा संघीय समाजवादी, नेपाल पार्टी लगायतका दलका नेता तथा कार्यकर्ता सहभागी हुने संघीय समाजवादी पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

संविधानसभाबाट आफ्नो हकअधिकार सुनिश्चित हुने संविधान नबन्ने निष्कर्ष निकाल्दै आदिवासी जनजातिहरुले नागरिक समाजका अगुवा पदमरत्न तुलाधरको नेतृत्वमा संयुक्त आन्दोलनका लागि समिति बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment