Comments Add Comment

गाईको हत्या गर्ने माघे पुनलाई १२ वर्ष कैद

निमुसंगम घर्ती
४ पुस, दाङ । राष्ट्रिय जनावर गाईको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत दाङले माघे पुनलाई १२ वर्षको कैद सजाय तोकेको छ ।
सैघा ७ का पुनलाई गाई हत्या गरेको अभियोगमा जिल्ला अदालतले मुलुकी ऐन चौपायाको महल ११ नम्बर बमोजिम १२ बर्ष कैद सजाय तोकेको हो ।

छिमेकी लक्ष्मी पुनले आˆनो गाईलाई फरुवाले टाउकोमा प्रहार गरी हत्या गरेको भन्ने उजुरी दिएकी थिइन् । अदालतका अतिरिक्त न्यायाधीश सूर्यबहादुर थापाको ईजालासले जानी जानी गाई मारेको ठहर गर्दै पुनलाई १२ वर्ष कैदको सजाय तोकेको अदालतका श्रेस्तेदार बासुदेब पाण्डेले जानकारी दिए ।
गत कार्तिक २ गते गौ-बध मुद्दा दर्ता भएको थियो । बारीमा छिमेकीको गाई पसेपछि माघे पुनले फरुवा प्रहार गरी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment