Comments Add Comment

नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी काठमाडाैंमा

४ पुस, काठमाडौं । सन् २०१४ का नोवेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी काठमाडाैं अाइपुगेका छन् ।  बालअधिकारका लागि भारतमा ठूलो अभियान संचालन गरेका सत्यार्थी केहीबेर अघि एयर इन्डियाको उडानबाट काठमाडाैं अाइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरी यूनिटले जनाएको छ ।

Kailash-Satyarthi

यस्तो छ सत्यार्थीको कार्यक्रम तालिका

सत्यार्थीले संसदको महिला तथा बालबालिका समितिका सदस्यसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यसअघि काठमाडौंको एपेक्स कलेजमा आयोजित कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।

नेपाल बसाईका क्रममा उनी दाङ पुगेर बिभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ । सत्यार्थीले बाल अधिकारका क्षेत्रमा काम गरेका मानवअधिकारबादी संस्थाका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

नेपाल बसाइको क्रममा सत्यार्थीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला लगायतका उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ ।
भारतका सत्यार्थी र पाकिस्तानकी युसुफ मलालालाई संयुक्तरुपमा यो बर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सत्यार्थीको नेपाल नाता

‘बचपन बचाउ’ आन्दोलन नामक संस्थामार्फत् भारतीय बालबालिकाको अधिकारका लागि लडिरहेका सत्यार्थी नेपाली बालअधिकार आन्दोलनका समेत साझेदार हुन् । उनले बिभिन्न नेपाली संस्थाहरुसँग मिलेर भारतमा बेचिएका बालबालिकाको उद्धारमा ठूलो सहयोग गरिरहेका छन् ।
‘मैले पाएको पुरस्कार नेपाल र भारतले संयुक्तरुपमा पाएको हो’, नोबेल पुरस्कार जितेसँगै उनले एक अन्तरवार्तामा भनेका थिए, ‘मैले नेपाललाई दोस्रो कर्मस्थल बनाउँदै आएको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment