Comments Add Comment

४८ घण्टाभित्र बन्दी रिहा गर्न प्रधानमन्त्रीलाई कल्की फाउन्डेसनको अल्टिमेटम(भिडियो)

kalki-avatar-foundation

४ पुस, काठमाण्डौ । आतंकबादी क्रियाकलामा संलग्न रहेको भन्दै नेपाल प्रहरीको अनुसन्धान घेरामा रहेको ‘कल्की अवतार फाउन्डेसन’का प्रमुखले पक्राउ परेका आफ्ना सदस्यलाई ४८ घण्टाभित्र संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगलाई बुझाउन अल्टिमेटम दिएका छन् ।

प्रहरी हिरासतमा रहेका आफ्ना पाँच जना सदस्य अध्यात्मिक गतिबिधिमा मात्र संलग्न रहेको दावी गर्दै उनीहरुलाई तत्काल तत्काल युएनएचसीआरलाई बुझाउन उनले चेतावनी दिएका छन् ।

युट्युवमा अपलोड गरिएको ३३ मिनेट लामो भिडियो संस्थाका प्रमुख युनुस अलगोहरले अध्यात्ममार्फत् समाजसेवामा लागेका आफ्ना सदस्यमाथि प्रहरीले दुब्र्यबहार गरेको दावी गरेका छन् ।

आफ्ना सदस्यलाई क्षति पुर्‍याउने तागत कसैसँग नभएको भन्दै उनले प्रधानमन्त्रीलाई प्रजातन्त्रिक आचरणबारे सिक्न सुझाव समेत दिएका छन् ।

‘आतंकबादी बम गोला बोक्छन, हातमा पर्चा बोकेर प्रचार गर्दै हिड्दैनन्’ उनले पक्राउ परेका आफ्ना सदस्यको बचाउ गर्दै भने-‘तिम्रो देशका नागरिकले शुद्ध खानेपानी पाएका छैनन्, मुटुको समस्या छ, किड्नीको समस्या छ, ती दुःखीहरु हाम्रो संस्थामा आउँछन हामी उपचार गरेर पुन्य कमाउँछौं ।’

भारतमा आतंकबाद फैलाउन चाहानेहरु नेपाल गएर गतिबिधि गर्ने गरेको भन्दै उनले त्यस्ता मानिस र आफ्ना सदस्यलाई एउटै ब्यबहार नगर्न आग्रह गरेका छन् ।
कल्की अबतार फाउन्डेसनका नाममा आतंकबादी गतिबिधि हुने गरेको सूचनाका आधारमा नेपाल प्रहरीले पाँच पाकिस्तानी नागरिकसहित २० जनालाई मंसिर २० गते पक्राउ गरेको थियो ।

उनीहरुले पशुपति मन्दिरमा बिष्फोट गराउन लागेको सूचना दिने नेपाली नागरिकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका २० जनामध्ये अन्य रिहा भएपनि पाँच जना पाकिस्तानी नागरिक भने अहिले पनि हिरासतमै छन् ।

कल्की फाउन्डेसनका अध्यक्ष अलगोहरलाई बिभिन्न अपराधमा दोषी ठहर गर्दै पाकिस्तानमा मृत्युदण्डको सजायँ सुनाएको थियो । त्यसपछि बेलायतबाट भूमिगत शैलीमा संस्था चलाउँदै आएका उनले नेपालमा पनि कार्यालय खोली गतिबिधि गरिरहेका छन् ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment