Comments Add Comment

फालिएका कपडामा सुन्दरीको क्याटवाक

feshion dharan 1
धरान । चाउचाउका खोल, प्रयोग भइसकेको जिन्सको कपडा र ब्याण्डेजवाट बनाइएका आकर्षक डे्रसमा धराने सुन्दरीले क्याटवाक गरेका छन् ।
इष्ट एसियन कलेज अफ टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरुले फालिएका बस्तुहरुबाट तयार गरिएका कपडाहरुको फेसन शो आयोजना गरेका छन् ।
धरान १५ बाँझगरामा आयोजित फेशन शोमा कलेजका पहिलो ब्याजका विद्यार्थीहरुले कागज, चाउचाउका खोल, ब्याण्डेज, प्रयोग गरिसकेको जिन्सका कपडाबाट बनाईएका आकर्षक पहिरनहरु प्रस्तुत गरेका थिए ।
फेसन डिजाइन सम्बन्धि अध्ययन गरिरहेकी ड्रेस डिजाइनर विद्यार्थी सोनी थापाले दैनिक जिवनमा प्रयोग गरिहेका विभिन्न बस्तुहरुलाई पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताईन् ।
उनिहरुले बनाएको डिजाईनमा विषेश गरी चकलेट, चाउचाउका खोल, रंगिन कागजहरु प्रयोग गरिएको थियो । कलेजका विद्यार्थीहरु उमा घिमाल (इटहरी) कल्पना गुरुङ धरान, मेनुकादेवी तामाङ रिमेश न्यौपाने, सुजाता तामाङ -इटहरी), रोमी गुरुङ (इटहरी), सुनिता राई -पथरी), लक्ष्मी राई, टिना लिम्बू, भोलादेवी लिम्बू, विकास खड्का -दमक)ले ड्रेस डिजाईन गरेका थिए ।

feshion dharan 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment