Comments Add Comment

‘ट्रयाङ्क्युलिटी स्पा’ अब मेलेसियामा, २७ करोड लगानी

Merriott-Prtrajaya-Hotel

काठमाडौं । नेपालमा प्रख्याती कमाएको ‘ट्रयाङक्युलिटी स्पा’ ले मलेसियामा सेवा विस्तार गर्ने भएको छ । स्पाले मलेसियाको पाँचतारे होटल मेरिओट पुत्राजायामा आफ्नो सेवा विस्तार गर्ने भएको हो ।

‘मलेसियामा एकडेढ महिनामा सेवा सुरु गर्ने योजनामा छौं’ ट्रयाङक्युलिटी स्पापाका अध्यक्ष भुवन फैंजूले भने- ‘स्पाको गुणस्तरीय सेवा र यसको ब्रान्डलाई मलेसियामा पुर्‍याउन सक्नुलाई सफलताको रुपमा लिएका छौं ।’ स्पाले पूर्वाधार निर्माणका लागि करिव २७ करोड रुपैयाँ खर्च गरेको छ ।

ट्रयाङक्युलिटी स्पाले नेपालमा विभिन्न १२ वटा आउटलेटसहित पाँचतारे होटलमा सेवा दिइरहेको छ । साथै, स्पाले अन्य पाँचतारे होटलहरुमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

मलेसियामा सेवा विस्तार गर्न त्यहाँ चर्चित व्यवसायीक ग्रुप आइओआई र होटलसँग गत अक्टोबर सम्झौता भएको थियो । पुत्राजाया मेरिओट होटलका प्रतिनिधि हेनरी चोङले नेपालमा सञ्चालित ट्रयाङक्युलिटीका आउलेटहरुको स्थलगत निरिक्षण समेत गरेका छन् ।

स्पाले मेरिओट होटलमा १४ वटा कोठामा सेवा दिने अध्यक्ष फैंजूले जानकारी दिए । यसका लागी स्पाले नेपालबाटै २० जना थेरापिष्ट लैजाने बतायो ।

Spa-final

नेपालमा दिइरहेको मेडी डे स्पा, ज्याकुजी, साउना, मसाजसहितका सबै सेवाहरु मलेसियामा पनि दिने फैंजूको भनाई छ ।

ट्रयाङक्युलिटीले नेपालका पाँचतारे होटलहरु शंकर, सांगि्रला, मल्ल र र्‍याडिसन होटलमा सेवा दिइरहेको छ । गैरआवासिय नेपाल संघका उपाध्यक्ष भवन भट्टले हालैमात्र स्वामित्व लिएको धुलिखेलस्थित माउन्टेन रिसोर्टमा पनि स्पाले सेवा विस्तार गर्ने बताएको छ ।

नेपालमा यो स्पाले दुई सय जनाभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ । साथै, ट्रयाङक्युलिटी इन्टरनेशन ब्युटी एन्ड स्पा एकेडेमीमार्फत तालिम समेत प्रदान गरिरहेको छ । फैंजूका अनुसार अहिलेसम्म ३ सय जनाले यो तालिम लिइसकेका छन् ।

तालिम भने अलि महंगो रहेको छ । ६ महिनाका लागि प्रशिक्षार्थीले करिव डेढ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । तर, तालिमका लागि बढी रकम बुझाउनु परेपनि रोजगारीको सुनिश्चितता रहेको स्पाले जनाएको छ ।

तालिमपश्चात नेपालमै ३० देखि ४० हजार रुपैयाँ विदेशमा ६० देखि ८० हजार रुपैयाँ सहजै कमाउन सकिने स्पाका कार्यकारी निर्देशक सुरेश पुरीले ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment