Comments Add Comment

कलर्सको पर्ल ब्ल्याक सिरिजको स्मार्टफोन बजारमा

Colours-K15-ROCKकाठमाडौं । कलर्स मोबाइलले पर्ल ब्ल्याक सिरिजको नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । अत्याधुनिक प्रविधिमा आधारित पर्ल ब्ल्याक सिरिजका यी स्मार्ट फोन दुई भिन्न मोडलमा उपलब्ध रहेका छन् ।

पर्ल ब्लाक के फिप्टिन रक र पर्ल ब्लाक के थर्टिथ्री फ्याब मोडलका यी स्मार्ट फोनमध्ये पर्ल ब्लाक के फिप्टिनको बिक्री सुरु भइसकेको छ भने अर्को सेट चाँडै बजारमा आउने कम्पनीले जनाएको छ । यसको मूल्य १६ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ ।

आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने क्षमता यसका मूख्य विशेषता हुन् । यसमा भएको ओएस, तल्काल प्रतिक्रिया देखाउन सक्ने स्क्रिन, अडियो-भिडियो सिस्टम होस् वा अत्याधिक टिकाउ ब्याट्रिका कारण दुबै मोडलले आशा गरेभन्दा पनि राम्रो पर्फमेन्स दिन सक्ने कम्पनीको दाबी छ ।

पर्ल ब्लाक केफिप्टिन रकमा यामाहा स्पिकर्स जडान गरिएको हुँदा संगित प्रेमीहरुका लागि यो सेट बहुउपयोगी हुने छ । मेटालिक फ्रेमबाट सुरक्षित गराइएको यसको आन्तरिक सिस्टम ४.४ ओएस किटक्याट प्रविधि र १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसरयुक्त रहेको छ ।

अल्ट्रा स्लिम यो स्मार्टफोनमा ५ इन्चको क्युएचडी ओनिएसको लेमिनेसन स्कि्रन रहेको छ । पछाडि १३ मेगा पिक्सल क्यामेरा र अगाडि २ मेगा पिक्सल क्यामेरा रहेको यसमा १ जिबी र्‍याम, ४ जिबी मेमोरी र २२५० एमएएच ब्याट्री रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment