Comments Add Comment

११२ किलो गाँजासहित ३ जना पक्राऊ

४ पुस, वीरगन्ज । पर्सा प्रहरीले १ सय १२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाले १२ किलोग्राम प्रतिबन्धित लागुपदार्थ गाँजासहित शुक्रबार जगरनाथपुर-५ काजितेन्द्र माझी र हिरामन यादवलाई पक्रेको छ ।

तीदुवैलाई तुल्सीवर्वा-५ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद फुयाँलले जानकारी दिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पटेर्वा सुगौली-७का प्रभु गौरोलाई ५० किलो चरेस, ५० किलोगाँजा र चरेस बनाउन प्रयोग गरिने उपकरण सहितपक्राउ गरेको छ । गएराति गौरोको विशेष सुराकीको आधारमा विहीबार रातिगौरोको घरमा छापा मारेर सो परिमाणको लागु औषध बरामद गरेको जिल्लाप्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment