Comments Add Comment

स्पेनमा तमु ल्होसारको तयारी तीब्र

tamuबार्सिलोना । तमु समाज स्पेनले तेस्रो अधिवेशनका साथै तमु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरेको छ । तमु जातिको मौलिक भाषा, भेषभुषा र सस्कृतिलाई जगेर्ना गर्ने भन्दै स्थापित समाजको तेस्रो अधिबेशन आगामी डिसेम्बर २८ तारिक बार्सिलोनामा हुन लागेको हो।

अधिवेशनका साथै समाजले सोहि दिन तमु जातिको महान पर्व तमु ल्होसार पनि मनाउने भएको छ।हरेक बर्ष ल्होछारको उपलक्ष्यमा कार्यक्रम राख्दै आएको समाजले यसबर्ष पनि निरन्तरता दिएको हो। कार्यक्रममा तमु गीतहरु,कौडा नृत्य, सालैजो नृत्य, भोजपुरी गीत लगायतका नेपाली संस्कृति झल्काउने प्रस्तुती राखिने समाजले जनाएको छ ।

कार्यक्रममा गुरुङ भेषभुषा भाङ्ग्रा,कछाड,गुन्यू–चोली, साडीमा सजिएर तमुहरुले उपस्थिति जनाउने भएका छन्। समाजले तमु ल्होसारको उपलक्ष्यमा आयोजित  सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न अध्यक्ष ज्योती गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ। स्पेनस्थित नेपाली संघसस्थाहरु तथा सर्बसाधारण सबै नेपाली समुदायलाई उपस्थित भई कार्यक्रम सफल पारिदिन समाजले अनुरोध समेत गरेको छ।

यता अधिबेशनबाट नयाँ कार्यसमिति चयन गर्न पहलको लागि समाजले निवर्तमान अध्यक्ष ओमर गुरुङलाई समन्वय समितिको संयोजक तोकेको छ।समितिले सर्बसहमत रुपमा नै नयाँ कार्य समितिमा सहमत गराउने गुरुङले जानकारी दिए।

सन् २००७ मा बेनबहादुर गुरुङको अध्यक्षतामा तदर्थ समितिको गठन गरी समाजले  सन् २००९ मा  पहिलो र २०१२ मा  दोस्रो अधिबेशन सम्पन्न गरिसकेको छ। पहिलो र दोस्रो अधिबेशनबाट क्रमश ओमर गुरुङ र ज्योती गुरुङ अध्यक्षमा सर्बसहमत निर्बाचित बनेका थिए।

बसन्त रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment