Comments Add Comment

प्रहरी फौज दोब्बर बनाउन गृहमन्त्रीको प्रस्ताव

४ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरीको अहिलेको फौजलाई करीव दोब्बबर बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । हाल ६७ हजार फौज रहेको प्रहरीमा ५० हजार दरबन्दी थप्न गृहमन्त्रीले माग गरेका हुन् ।

bamdev-gautamव्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्री गौतमले आवश्यक प्रहरीको अभावकै कारण सडक सुरक्षामा ध्यान दिन नसकेको बताए । उनले भने-ट्रफिकलाई स्रोत साधन छैन । जसरी हामीले सडकको जालो विछ्याएका छौं, त्यसको अनुगमन गर्न अझ बढी प्रहरी चाहिन्छ । जनतालाई अधिकार सिकाउन पनि प्रहरी नै चाहिन्छ ।

प्रहरीमा तत्काल १० हजार दरबन्दी थप्न प्रस्ताव राख्दा अर्थ मन्त्रालयले किन चाहियो भनेर उल्टै प्रश्न गरेको गृहमन्त्रीले बैठकमा सुनाए । उनले भने-देशव्यापी प्रहरी चौकी चाहियो भन्ने माग आएको छ । सभासदहरुले पनि ठाउँ ठाउँमा चौकी चाहियो भन्नु भएको छ । यसलाई समेत हेर्दा ५० हजारभन्दा बढी प्रहरी दरबन्दी थप्नु पर्ने आवश्यकता छ ।’

गृहमन्त्री गौतमले प्रहरी दरबन्दी थप्न अर्थले बजेट नदिएको भन्दै सहयोगको आग्रह गरेका छन् । गृहमन्त्री गौतमले हचूवाका भरमा ५० हजार दरबन्दी नमागेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी हेडक्वार्टरका एक उच्च अधिकृतले भने-जनताको माग र जनसंख्याको बृद्धिको अनुपातमा अहिले नेपालमा एक लाख १५ हजार प्रहरी फौज आवश्यक हुन्छ ।

हाल नेपाल प्रहरीमा सबै दर्जाका गरि ६७ हजार ४ सय १६ प्रहरी कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment