Comments Add Comment

यूएईबाट मृगौला पीडित युवतीलाई आर्थिक सहयोग

Reetu Poudel Image 2दुबई । दुबै मृगौलाले काम नगरेपछि उपचारार्थ अस्पताल भर्ना गरेकी पर्वतकी ऋतु पौडेलको उपचारका लागि यूएईबाट आर्थिक सहयोग प्रदान भएको छ ।

पर्वतको होस्राङ्दी-५ की २२ बर्षीया ऋतु पौडेलको दुईवटै मृगौला खराब भएका कारण विगत चार वर्षदेखि भारतको चेन्नाई -एएमसी) हस्पिटलमा उपचार भइरहेको छ ।

पीडित पौडेलको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि जनसम्पर्क समिति युएईकी केन्द्रीय सदस्य विमला सापकोटाले ८२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग दिएकी हुन् ।

अस्पतालले दुईवटै मृगौला प्रत्यारोपण गर्न १६ लाख रुपैयाँ खर्च हुने जनाएको छ । घरकोस्थिति अत्यन्तै नाजुक भएपछि ऋतुको परिवारले सहयोगको अपील गरेपछि देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।

यसअघि पनि पर्वत सेवा समाज युएईले ऋतु पौडेलको सहयोगार्थ ३८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको लालकुमार ढेंगाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment