Comments Add Comment

बोक्सी आरोपमा मारिएकी ढेगनीदेवीको कथामा ‘रक्तभोग’

raktavog
चितवनको माडीमा २ बर्ष अगाडि बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी माथी निर्माण गरिएको चलचित्र ‘रक्तभोग’ को प्रोमो र पोष्टर सार्वजनिक गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले फिल्मको पोष्टर सार्वजनिक गरेकी छिन् ।  फिल्मको पोष्टर सार्वजनिक गर्दै राजनीतिक दलका नेताहरु बावा र धामी खोज्दै हिड्ने गरेको भन्दै उनले यस्ता बावा र धामी सवैलाई जेल हाल्नुपर्ने बताईन । चलचित्रका निर्देशक वीवी फुया“लले निर्माणका क्रममा भोगेका अनुभव सुनाए ।

ढेगनीदेवीको भुमिका निर्वाह गरेकी कलाकार सारिका घिमिरेले यो चलचित्र आफ्नो जीवनकै महत्वपूर्ण चलचित्र हुने बताईन् । चलचित्रका निर्माता रामचन्द्र लम्सालले यो चलचित्रबाट हुने आम्दानीको केहि हिस्सा ढेगनीदेवीको परिवारलाई दिने बताए ।

अन्य कलाकारहरुमा रचना पौडेल, पोदराज पौडेल, सैलेस पौडेल वालकलाकार भुवन नेपाली लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment