Comments Add Comment

अमिर खानको ‘पीके’ आजदेखि, नेपाली फिल्म पछि हटे

pk-poster

अमिर खान अभिनित पछिल्लो फिल्म ‘पिके’ आजदेखि काठमाडौ लगायत मोफसलको शहरमा प्रदर्शन हुँदै छ । बलिउडमा निकै प्रतिक्षा गरिएको फिल्मप्रति नेपाली दर्शकको समेत उत्तिकै क्रेज छ ।

राजकुमार हिरानीको निर्देशन रहेको उक्त फिल्ममा अमिरले मुख्य भुमिका निर्वाह गरेका छन् भने अनुष्का शर्मा, बोमन इरानी, सञ्जय दत्त, सुशान्त सिंह राजपुत लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

अमिरले तीन वर्षको मेहनतपछि फिल्म बनाएको बताएका छन् भने निर्देशक हिरानीले यसको कथा लेख्नमा मात्रै डेढ वर्ष लगाएका थिए । थ्रि इडियट र धुम ३ जस्ता सुपरहिट सर्वाधिक कारोबार गरिएका फिल्म दिएका अमिरबाट दर्शकले त्यही स्तरको फिल्म अपेक्षा गरेका छन् ।
यो पनि पढ्नुहोस- अमिर खानको पीकेका रोचक तथ्य
अमिरको क्रेजकै कारण राम्रा नेपाली फिल्मले पनि यो शुक्रबार रिलिज गर्ने हिम्मत जुटाएनन् । अन्य हप्ता आशा गरिएकै फिल्म जुधिरहेका बेला यो हप्ता भने तुलनात्मकरुपमा लो प्रोफाइल फिल्म ‘द रेञ्ज’ मात्र प्रर्दशन हुँदै छ । बुद्धको उपदेशमा आधारित रहेको भनिएको यस फिल्ममा निर्देशक, कलाकारदेखि प्राविधिक समेत नयाँ रहेका छन् ।

राम नेपालको निर्देशन रहेको यस फिल्ममा दीपा थापा, सुनिता आचार्य, निशा सुनार, गणेश उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्ममा एक्सन, कमेडी र रोमान्स भएको दाबी निर्माण पक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment