Comments Add Comment

दुबइमा मायालुको कुरा(भिडियो)

music-video
संचारकर्मी दयाराम घिमिरे म्यूजिक भिडियो निर्देशनमा पनि व्यस्त छन् । नेपालमा एक म्यूजिक भिडियो निर्देशन गरे लगतै उनले दोश्रो भिडियो दुबइमा खिचेका छन् । राजेश पायल राइको आवाजमा समावेश ‘तिमी आयौ जिन्दगीमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

घिमिरेले निर्देशन गरेको यो म्यूजिक भिडियोमा मोहन बोगटी र सुनिता शर्माको मोडलिङ छ । विरेन्द्र भाटले सम्पादन गरेको भिडियोको छायांकन रवि विक्रम थापाले गरेका हुन् ।

‘सानु’ एल्बमबाट लिइएको गीतमा तेनहाङ राइको संगीत, राजेश विद्रोहीको शब्द छ । निर्देशक घिमिरेले दुबइको रमणिय स्थानमा नया“ कलाकारको साथमा काम गर्दा रमाइलो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment